नेपालभाषाको तीन गीतको म्यूजिक भिडियो एकै दिन सार्वजनिक

नेपालभाषाको तीन गीतको म्यूजिक भिडियो एकै दिन सार्वजनिक

मेट्रो संवाददाता

३० फागुन २०७८ १५:५०

ललितपुर हरिसिद्विका गायक द्वय राजेन्द्रकुमार महर्जन र अशोक महर्जनको नेपालभाषाको तीन गीत “शिला चह्रे पाहाँ चह्रे”, “स्वाँया बासना” र “छंगु रुप खना” को म्यूजिक भिडियो हिजो एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।

नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक तथा सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथी हरु समाजसेवी महेन्द्र श्रेष्ठ र मंगल महर्जन , तुल्सी महर्जन र सचिदानन्द महर्जन लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

शिला चह्रे पाहाँ चह्रेमा नेपालको गौरव यहाँका साँस्कृतिक जात्रा पर्वहरुको सजीव चित्रण गरिएको छ । स्वाँया बासना प्रेम कथामा आधारित रहेको छ । त्यस्तै छंगु रुप खनामा भने माया पिरतीले धनी गरीब भन्दैन त्यसमा अग्रजले हस्तक्षेप गर्नु हुन्न भन्ने सन्देश दिएको छ ।

गायकद्वय राजेन्द्रकुमार र अशोकको स्वर, शब्द संगीत विष्णु जल्मी, संगीत संयोजन निरञ्जन महर्जन रहेको शिला चह्रे पाहाँ चह्रेको छायाँकन रविन डंगोलले गरेका छन् भने सम्पादन र निर्देशन बाबुकाजी जल्मीले गरेका छन् ।

त्यस्तै अशोक महर्जनको स्वर, शब्द संगीत निरञ्जन महर्जन, संगीत संयोजन जीवित जल्मी रहेको स्वाँया बासनामा किशोर चिपालु र रोजिना सुवालको उत्कृष्ट अभिनय एवं नृत्यले सजिएको छ ।

रिना महर्जनको श्रृङ्गार, रोजी फेशनको भेषभुषा, छायाँकन र सम्पादन बाबुकाजी जल्मी रहेको स्वाँया बासना म्यूजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरज नापितले गरेका छन् ।

त्यस्तै राजेन्द्र कुमार महर्जन र दिपा महर्जन स्वर, शब्द संगीत निरञ्जन महर्जन रहेको छंगु रुप खनामा राजु महर्जन, आराध्य लक्ष्मी खड्गी, पूर्णकाजी ज्यापुको साथमा कलाकार मोडल र कोरियोग्राफर आराध्य लक्ष्मीकि अामा सुर्जलक्ष्मी र बुबा राम खडगी र बाल कलाकारहरु समर्पण गमाल, रोजिशा बलामि लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

श्रृङ्गारमा सनम कुमार श्रेष्ठ, छायाँकन र सम्पादनमा सोहन मानन्धर तथा कोरियोग्राफीमा आराध्या लक्ष्मी खड्गी रहेको उक्त म्युजिक भिडियोमा निर्देशन जितेन्द्र महर्जनको निर्देशन रहेको छ ।

कार्यक्रममा दिपा महर्जन, अनुप महर्जन लगायतका गायकगायीकाहरुले हरसिद्धि भवानीको भजन लगायत अन्य गीत संगीत पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा सार्वजनिक गरिएका म्यूजिक भिडियोसँग आवद्ध रहेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने पत्रकारहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता