रत्ननगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

रत्ननगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

मेट्रो संवाददाता

६ जेठ २०७९ २२:४०

पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न मतगणनाअनुसार नगरप्रमुखमा कांग्रेसका प्रल्हाद सापकोटाले एमालेकी बिमला दुवाडीलाई आठ हजार ६९ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले १२ हजार ७२८ मत प्राप्त गर्नुभएको थियो । दुवाडी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी हुनुभएको थियो । राप्रपाका हरिशरण भट्टराईले एक हजार १८५ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा एमालेका यादव पाठक विजयी हुनुभएको छ । पाठकले गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी)का बद्रिनाथ घिमिरेलाई एक हजार १६० मत अन्तरले पराजित गर्नुभएको हो । पाठकले १३ हजार ५१४ मत प्राप्त गर्दा घिमिरेले १२ हजार ३५४ मत प्राप्त गर्नुभयो ।

यस्तै राप्रपाका उम्मेदवार बिमला चौधरीले एक हजार ५६७ मत र स्वतन्त्रका उम्मेदवार बिरञ्जना घिमिरेले दुई हजार ३३३ मत प्राप्त गर्नुभयो । यस पालिकामा गठबन्धनबाट १, २, ३, ४, ५, ६, ८, १०, १४ कांग्रेस, वडा नं १२ मा माओवादी केन्द्र, ७, ११, १३, १५ र १६ मा एमाले र वडा नं ९ मा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पालिकामा ३९ हजार ४११ मत खसेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता