मेट्रो संवाददाता
२४ असोज २०७९ १४:०६

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले राष्ट्रपति भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
अधिकारीका अनुसार उपचाररत राष्ट्रपतिको आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइ आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएकाे हो ।
राष्ट्रपतिको डेंगु पनि परीक्षण गरिएको थियो । त्यसको रिपोपट नेगेटिभ आएको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य स्थिति सामान्य छ ।
राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याबिन नं ६०१ मा राखेर उपचार गरिएको छ ।
खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महसुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


