मेट्रो संवाददाता
१६ पुष २०७९ २३:०४
○ लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई ○ सबैभन्दा ठुलो अवार्ड कार्यक्रमको नेपालबाट दाबी

संसार क्रिएशन्सको आयोजनामा हुन गइरहेको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सकाे नोमिनेसन प्रमाण पत्र र मेडल वितरण सम्पन्न भएकाे छ ।
अवार्ड वितरण कार्यक्रममा जम्मा ३२ वटा क्याटगरीहरुमा अवार्ड वितरण गर्न लागिएको छ । प्रत्येक क्याटगरीको नोमिनेसनमा १०/१० जनालाई समावेश गरिएको छ भने देशभक्ति र भजन संगीतको विशेष क्याटगरीको नोमिनेसनमा १५ जनालाई समावेश गरिएको छ । शनिबार आयोजित कार्यक्रममा नोमिनेसनमा पर्न सफल सबैलाई प्रमाण पत्रको साथमा मेडल वितरण गरिएको थियो ।
प्रतिस्पर्धाको साथमा विभिन्न सम्मानहरु पनि कार्यक्रममा गरिन लागिएको छ । कार्यक्रममा संसार तेज स्मारक कला सम्मानबाट सम्मानित हुने चार जना र संसार सप्तरंगी कला सम्मानबाट सम्मानित हुने ७ जना वरिष्ठ कलाकर्मीलाई खादा ओढाई निमन्त्रणा पत्र प्रदान गरिएको थियो ।
शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै संसार क्रिएशन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले विश्व रेकर्ड कायम गर्ने प्रयास अवार्डको पहिलो संस्करणमा सफल हुन नसकेपनि अब दोश्रो संस्करणमा सफल बनाउने घोषणा गरे ।
संसार तेज स्मारक कला सम्मानमा वरिष्ठ पत्रकार श्याम स्मृत, वरिष्ठ निर्देशक पवन जोशी, वरिष्ठ संगीतकार साथै तबला बादक मनराजा नकर्मी र वरिष्ठ गायिक निशा देसार र लहना मिडियालाई सम्मान गर्न लागिएको छ । यस पटक थप गरिएको यो सम्मान संसार क्रिएशन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनका पिता तेज बहादुर महर्जनको स्मृतिमा राखिएको हो ।
संसार क्रिएशन्सको आयोजनामा हुन गइरहेको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सलाई संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड कार्यक्रम भनी दावी गरिएको हो ।
‘हामीले नेपालको नामबाट विश्व रेकर्ड कायम गर्न खोजेको थियौं तर, पहिलो संस्करण कोरोना महामारी र लकडाउनका कारण सफल हुन सकिएन । अब यो प्रयासलाई मूर्त रुप दिन हामी लाग्नेछौं’ क्रिएटिभ डाइरेक्टर महर्जनले भने । कला क्षेत्र र कलाकर्मीको सम्मानको लागि आयोजना गरिएको अवार्ड कार्यक्रममा गीत रचनादेखि म्यूजिक भिडियो प्रोडक्सनसम्मको हरेक विधा र क्षेत्रमा अवार्ड वितरण गरिने महर्जनले बताए ।
त्यस्तै संसार सप्तरंगी कला सम्मानबाट वरिष्ठ संगीतकर्मी रत्न बेहोशी, कलाकार नगीना जोशी, सुशील राजोपाध्याय, गायक पवित्र कसाः, संगीतकार गोविन्द ह्यूमत, संगीतकार एवम् संगीत संयोजक जुगल डंगोल, निर्देशक, कलाकार साथै संगीतकर्मी रामकृष्ण खड्गीलाई सम्मान गरिनेछ ।
अहिले निकै चर्चित रहेको नेपालभाषाको गीत ‘सालूगु गाचा’ को लागि विशेष सम्मान गरिने भएको छ । सालूगु गाचा गीतको म्यूजिक भिडियो निर्माण समूह कुटुपुखु भजन खलः, लक्ष्मीप्रसाद डंगोल, बिबेन्द्र डंगोल, रोजमान महर्जन को साथमा अवार्डमा सहभागी खोकनाको एक मात्र समूह नित्यनाथ भजन खलःलाई खोकना प्रतिभा कला सम्मानबाट सम्मानित गर्न लागिएको हो ।
त्यसैगरी अवार्डमा दर्ता भएका गीतहरुमध्येमा सबैभन्दा बढि म्यूजिक भिडियोको निर्देशन र कोरीयोग्राफी गरेकी आराध्यलक्ष्मी खड्गी, सबैभन्दा बढि गीत अपलोड भएको युट्युब च्यानल ज्योति म्यूजिक र युट्युबमा सबैभन्दा बढि हेरिएको राजमति कुमति (महिला भर्सन) लाई पनि विशेष सम्मान गरिने भएको छ । यस पटक लाइफ टाइम अचिभमेन्ट अवार्ड हास्य सम्राटको रुपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
कार्यक्रममा बोल्दै संसार क्रिएशनकी संस्थापक प्रेमाहा महर्जनले अवार्डका लागि जम्मा ८५ वटा गीतहरु दर्ता भएको जानकारी दिँदै नेपालभाषाको कला क्षेत्रलाई गति दिन कार्यक्रमको आयोजना गरिएको बताइन् ।
अवार्ड वितरण कार्यक्रम आउँदो माघ २९ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुन लागेको छ । यसै बीच अवार्डको प्रचारात्मक कार्यक्रमको रुपमा आउँदो पुस ३० गते ज्ञानोदय स्कूल खोकनामा संसार अवार्ड कप फुटबलको पनि आयोजना गरिँदैछ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


