मेट्रो संवाददाता
१६ पुष २०७९ ०:१०
काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सीपाखामा ताम्सीपाखा सडक महोत्सव तथा भिंतुना सनिल ११४३ भव्य रुपमा सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १८ को आयोजना र ताम्सिपाखा युथ क्लवको व्यवस्थापनमा सडक महोत्सव आयोजना गरिएको हो ।
कार्यक्रम आयोजनाका विषयमा कामपा वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले काठमाडौँका रहनसहन, परम्परागत जीवनशैली, संस्कार, संस्कृति, भेषभुषा र खानपानलाई पुस्तान्तरण गर्नु पर्नेमा विशेष जाेड दिए । स्थानीय संस्कार, संस्कृतिमा बैज्ञानिक पक्ष लुकेकाे हुन्छ त्यसलाइ उजागर गरि सरल तरिकाले सबैलाइ बुझाउनु आवश्यक भएको १८ वडा अध्यक्ष महर्जनले बताए ।
‘स्थानीय खानपान तथा भेषभुषा पेशा, समय र स्वास्थ्यसँग सम्बन्धित छ । यो पक्षलाई प्रवर्धन गरेर पर्यटन व्यवस्थापनमा टेवा दिन महोत्सव आयोजना गरिएको हो ।’, अध्यक्ष महर्जनले बताए ।

सोही महोत्सवमा कामपा १८ वडा कार्यालयले विभिन्न समयमा आयोजना गरेको तालीमका सहभागी गृहिणीहरुबाट उत्पादित हस्तकलाका सामग्रीहरुको स्टल पनि राखिएको थियो । त्यस्तै यःमरि, समयबजि लगायतका काठमाडौंको मौलिक परिकारहरुको स्टल पनि महोत्सवमा राखिएको थियो ।
महोत्सवमा विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुतिको साथमा प्रहसनले आम दर्शकलाई मनोरन्जन दिएको थियो ।

सुल्तान अफ स्ट्रीङ अनिल शाहीको प्रस्तुतिमा दर्शक निकै रमाएका थिए । शाहीले गितारमा आफ्ना औंलाहरुको जादु त देखाए नै, साथमा गीत पनि गाएर सुनाएका थिए ।

त्यसैगरी रोजी श्रेष्ठ, सरस्वती मानन्धर, गंगा महर्जन, दीपा महर्जन, लजना मानन्धर, सोनी राजभण्डारी लगायतका गायिकाहरुको प्रस्तुतिले महोत्सवमा रौनक थपेको थियो ।
त्यस्तै कृष्ण महर्जन, अनिल तुलाधर, सुरेश मानन्धरलगायतका गायकहरुले पनि वातावरण तताएको थियो ।
नेपाल सम्वत नयाँ वर्षको अवसर पारेर वडाले वर्षेनी १८ वडा भित्रका विभिन्न स्थानमा भिन्तुना सनिल कार्यक्रम गर्ने क्रममा यसपटक ताम्सिपाखमामा सडक महोत्सव तथा भिंतुना सनिल ११४३ आयाेजना गरिएकाे हाे ।

RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


