सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने जसपाको निर्णय

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने जसपाको निर्णय

मेट्रो संवाददाता

१९ पुष २०७९ २३:११

जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो ।

जसपाका प्रवक्ता मनिस सुमनकाअनुसार सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको छ ।

बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि पार्टीका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेका छन् ।

त्यसैगरी बैठकले निर्वाचनमा अन्तर्घात गर्ने सङ्घीय परिषद् र केन्द्रीय सदस्यबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ ।

निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने राजनीतिक समितिले निर्णय गरेको छ ।

यस्तै विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको छ । उक्त समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापामगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिएका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता