मेट्रो संवाददाता
२२ भदौ २०८० १६:२८
नेपाली काँग्रेसले चितवन जिल्ला सम्मेलन भदौ २३ र २४ मा भरतपुरमा गर्ने योजना बनाएको छ।
सम्मेलनमा नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला, काँग्रेस महामन्त्री गगन थापा, विश्व प्रकाश लगायत नेताहरूसँग सम्बोधन गर्ने योजना छ।
जिल्ला कार्यसमितिले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनालले सम्मेलनको तयारी पुरा भएको बताए।
सम्मेलनलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरिएको छ ।
प्रतिमा अनावरणका लागि विपी शान्तिनगर वनमा जाने योजना छ।
सम्मेलनमा नेपाली काँग्रेसका भावी नीति, कार्यक्रम, सञ्चालन सम्बन्धी प्रतिवेदन, साङ्गठनिक गतिविधि सम्बन्धी प्रतिवेदन, र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ।
जिल्ला सभापति खनालले पार्टीलाई बदलिँदो परिवेशको चुनौती सामना गर्नका लागि विभिन्न सामाजिक, सांगठनिक, र रचनात्मक कार्यक्रम प्रस्तावित गरेका छन्।
साथै, पार्टीले पार्टीको संगठनिक संरचना मा परिवर्तन, सूचना सञ्जालमा सामाजिक संघटन गर्ने, जिल्ला फर्क अभियान, वैदेशिक रोजगारीका लागि वैदेशिक जनसम्पर्क समिति, रचनात्मक कार्यक्रम, हराभरा पालिका हाम्रो अभियान, उद्यान पार्क, वृक्षारोपण, युवा र महिला जागरण अभियान लगायतका कार्यक्रम पनि प्रस्तुत हुनेछ।
यस सम्मेलनमा पार्टीले समाजमा योगदान पुर्याएका विभिन्न विधाका ७० जनाभन्दा बढीलाई सम्मान गर्ने योजना पनि बनाइसकेको छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


