मेट्रो संवाददाता
२२ भदौ २०८० १६:२८
नेपाली काँग्रेसले चितवन जिल्ला सम्मेलन भदौ २३ र २४ मा भरतपुरमा गर्ने योजना बनाएको छ।
सम्मेलनमा नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला, काँग्रेस महामन्त्री गगन थापा, विश्व प्रकाश लगायत नेताहरूसँग सम्बोधन गर्ने योजना छ।
जिल्ला कार्यसमितिले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनालले सम्मेलनको तयारी पुरा भएको बताए।
सम्मेलनलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरिएको छ ।
प्रतिमा अनावरणका लागि विपी शान्तिनगर वनमा जाने योजना छ।
सम्मेलनमा नेपाली काँग्रेसका भावी नीति, कार्यक्रम, सञ्चालन सम्बन्धी प्रतिवेदन, साङ्गठनिक गतिविधि सम्बन्धी प्रतिवेदन, र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ।
जिल्ला सभापति खनालले पार्टीलाई बदलिँदो परिवेशको चुनौती सामना गर्नका लागि विभिन्न सामाजिक, सांगठनिक, र रचनात्मक कार्यक्रम प्रस्तावित गरेका छन्।
साथै, पार्टीले पार्टीको संगठनिक संरचना मा परिवर्तन, सूचना सञ्जालमा सामाजिक संघटन गर्ने, जिल्ला फर्क अभियान, वैदेशिक रोजगारीका लागि वैदेशिक जनसम्पर्क समिति, रचनात्मक कार्यक्रम, हराभरा पालिका हाम्रो अभियान, उद्यान पार्क, वृक्षारोपण, युवा र महिला जागरण अभियान लगायतका कार्यक्रम पनि प्रस्तुत हुनेछ।
यस सम्मेलनमा पार्टीले समाजमा योगदान पुर्याएका विभिन्न विधाका ७० जनाभन्दा बढीलाई सम्मान गर्ने योजना पनि बनाइसकेको छ।
RECOMENDED News
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव, पर्यटक आकर्षणको नयाँ आयाम
काठमाडाैं : पोखराको पामे क्षेत्रमा यो वर्षको पुस ९ गतेदेखि ९ दिने बीवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुने भएको...
३ पुष २०८१ ९:०६ |मेट्रो संवाददाता
काठमाडौं महानगरपालिकाको प्राथमिकता विवाद: आधारभूत आवश्यकता उपेक्षा गर्दै अनावश्यक निर्माणकार्य ?
काठमाडौं महानगरपालिका नेपालको प्रशासनिक र सांस्कृतिक केन्द्र हो, जहाँ विकासका थुप्रै योजना सञ्चालनमा छन्। तर, ठूला प्रचारमुखी परियोजनामा...
७ मंसिर २०८१ ८:३६ |मेट्रो संवाददाता
नेपाल संवत्का विरोधीहरू अझै सक्रिय
नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः नेपाली मात्रका विभूति हुन् भन्नेमा दुई मत छैन । यस संवतको विशेषता मौलिक राष्ट्रिय...
२१ कार्तिक २०८१ १०:०९ |केके मानन्धर
अमेरिकामा नेपाली समुदायद्वारा भव्य रूपमा छठ पर्व सम्पन्न
वाशिङ्टन डिसी (अमेरिका) :नेपालका तराई क्षेत्रमा विशेष महत्वसाथ मनाइने छठ पर्व अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायद्वारा उल्लासपूर्वक मनाइएको छ।...