भद्रकाली मन्दिर पुनःनिर्माणको लागि विभिन्न सरोकारवालाको समन्वय र सहजीकरण आवश्यक रहेको र यो कार्य सफलतापूर्वक सम्पन्न हुनुपर्नेमा उहाँहरुले जोड दिनुभयो।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले भद्रकाली मन्दिरको पुनःनिर्माणको शुभारम्भ गर्दै जग पूजा तथा शिलान्यास गर्नुभयो। यस कार्यले मन्दिरको दक्षिण पश्चिम क्षेत्रबाट पुनःनिर्माण सुरु भएको छ।
शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले भद्रकालीको प्राचीनता बचाएपछि सबैले गर्व गर्न लायक स्मारक हुने बताउनुभयाे ।
उपमेयर डंगोलले शिलान्यास समारोहमा बोल्दै, भद्रकाली मन्दिरको प्राचीनता बचाएर सबैलाई गर्व गर्न लायक स्मारक बन्ने बताउनुभयो। उहाँले स्थानीयबासीको संस्कार, संस्कृति, आस्था र परम्परासँग जोडिएको हुँदा पुनःनिर्माणको कार्यमा स्थानीयको चासो रहने उल्लेख गर्नुभयो। साथै, उहाँले सबै सरोकारवालाहरुलाई आपसी बुझाइमा एकरुपता कायम गर्दै पुनःनिर्माण गर्न आग्रह गर्नुभयो।
भद्रकाली मन्दिर पुनःनिर्माणको लागि विभिन्न सरोकारवालाको समन्वय र सहजीकरण आवश्यक रहेको र यो कार्य सफलतापूर्वक सम्पन्न हुनुपर्नेमा उहाँहरुले जोड दिनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का आशामान संगत, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन लगायतको उपस्थिति थियो।
सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८का अध्यक्ष संगत, वडा नं. ११ का अध्यक्ष तण्डुकार, वडा नं. २२ का अध्यक्ष महर्जन लगायतले भद्रकाली मन्दिर धार्मिक आस्थासँग जोडिएको स्मारक भएको र पुनःनिर्माणको क्रममा कुनै अवरोध नगर्न आग्रह गर्नुभयो।
पुनःनिर्माणको लागि अनुमानित लागत ३६ करोड रुपैयाँ रहेको छ र तुल्सी अम्बुजा जेभीले ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा पुनःनिर्माणको जिम्मा पाएको छ। पुनःनिर्माण परम्परागत नेवारी शैलीमा हुनेछ, जसमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम तथा झिँगटीको छानो हुनेछ। सहरी योजना आयोगले यो डिजाइन तयार पारेको हो।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


