मेट्रो संवाददाता
१९ भदौ २०८१ १:०५
काठमाडौँ, १९ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको आज उद्घाटन गर्नुभएको छ। उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन प्रक्रियाले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बित गर्ने भएकाले हरेक राज्यको दायित्व मताधिकारको सम्मान गर्नु रहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले सबै नागरिकले जहाँ बसे पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण बनाउन राज्यले प्रयास गर्ने बताउँदै, “बसाइसराइ, जलवायु परिवर्तन, र सामाजिक सञ्जालका अवसर र चुनौतीहरूको बिचमा देश विदेशमा रहेका जनताको अपेक्षा अनुसार निर्वाचन प्रक्रिया सहज बनाउनु हामी सबैको साझा जिम्मेवारी हो।”

प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण उत्पन्न प्रतिकूल प्रभाव र मानव जीवनमा आउने चुनौतीहरूको बिचमा लोकतन्त्रको अभिन्न अङ्गका रूपमा रहेको निर्वाचन प्रक्रियालाई अघि बढाउनु पर्ने दायित्व साझा भएको धारणा राख्नुभयो। उहाँले सामाजिक सञ्जालले मतदातालाई सुसूचित गर्न सघाए पनि मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति पनि प्रवाह गरिरहेकोले विगतका अनुभवबाट सिक्दै लोकतान्त्रिक मूल्य र मान्यतासहित स्वच्छ, स्वतन्त्र, जबाफदेही र पारदर्शी निर्वाचनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री ओलीले फेम्बोसा बडापत्रलाई यो सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने विश्वास व्यक्त गर्नुभयो। सम्मेलनमा ‘निर्वाचनका जल्दा बल्दा मुद्दा: जलवायु परिवर्तन, सामाजिक सञ्जाल, र बसाइसराइ’ केन्द्रित भएर छलफल हुने बताइएको छ।
उद्घाटन सत्रमा भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई फेम्बोसाको नेतृत्व हस्तान्तरण गर्नुभयो। सम्मेलनमा नेपाल, भारत, भुटान, श्रीलङ्का, मालदिभ्स लगायतका मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधिहरूको सहभागिता रहेको छ। फेम्बोसाको ११औँ सम्मेलन दुई वर्षअघि भुटानको नेतृत्वमा भर्चुअल रूपमा सम्पन्न भएको थियो।
लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ गर्न र मताधिकारको सम्मान सुनिश्चित गर्न दक्षिण एसियाली मुलुकहरूले संयुक्त प्रयास आवश्यक छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


