इन्द्रजात्राको लागि लिङ्गो लिन मानन्धर अगुवा बन प्रस्थान, जात्रा तयारी तीव्र

इन्द्रजात्राको लागि लिङ्गो लिन मानन्धर अगुवा बन प्रस्थान, जात्रा तयारी तीव्र

मेट्रो संवाददाता

२० भदौ २०८१ १८:२९

काठमाडाैं, २० भदौ: इन्द्रजात्राको तयारीस्वरूप आज मानन्धर समुदायका अगुवा भक्तपुरको चित्तपोल बनतर्फ यसिं (इन्द्रध्वज) लिन प्रस्थान गरेका छन्। बिहान १०:४७ को साइतमा हनुमानढोकाबाट गुर्जुको पल्टनसहित उनीहरू बनतर्फ गएका हुन्। परम्पराअनुसार, यसिं काट्न अघि पूजा गरेर रुख कटानका लागि स्वीकृति माग्ने चलन रहेको छ।

मानन्धर समुदायले इन्द्रजात्राका प्रमुख जिम्मेवारीहरू निर्वाह गर्ने गर्दछ। यसिं ल्याउने, उठाउने, दागिंको दिन बौमत निकाल्ने, र अन्त्यमा यसिं ढाल्ने जस्ता कार्यहरू उनीहरूको मुख्य कर्तव्यमा पर्दछन्। आज कटान गरिएको लिङ्गो भोलिदेखि गुठीयारहरूले भक्तपुरको भोटाहिटीसम्म तानेर ल्याउनेछन्।

 

यसिंलाई नगर प्रवेश गराउन भदौ २६ गते बिहान १०:३२ बजे साइत तय गरिएको छ। यस दिन लिङ्गो बसन्तपुरमा कालभैरव अगाडि राखिनेछ। इन्द्रध्वज उत्थान भने भदौ ३० गते बिहान ८:२६ मा गरिनेछ, जसपछि जात्रा औपचारिक रूपमा सुरु हुनेछ।

असोज १ गते कुमारी रथ यात्रा सुरु भई राष्ट्रप्रमुखसहित विभिन्न विशिष्ट पदाधिकारीहरूले कुमारी दर्शन गर्नेछन्। साथै, लाखे नाच, आकाश भैरव नाच, पुलुकिसी, र तान्त्रिक नाचहरूको प्रदर्शन इन्द्रजात्राको मुख्य आकर्षण हुनेछन्। असोज ५ गते राति इन्द्रध्वज ढाल्ने कार्यक्रमसँगै इन्द्रजात्राका सबै गतिविधिहरू सम्पन्न हुनेछन्।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता