मेट्रो संवाददाता
७ असोज २०८१ ९:३६
न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। दुई देशका उच्च अधिकारीहरूको उपस्थितिमा टोते न्युयोर्क प्यालेस होटलमा भएको भेटलाई सकारात्मक मानिएको छ।

भेटपछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भेटवार्ता सौहार्दपूर्ण रहेको जानकारी दिए। परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपाल भ्रमण गर्ने बताए।
भेटवार्तामा नेपाली पक्षबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, विदेश सचिव सेवा लम्साल र अमेरिकाका लागि नेपाली राजदूत लोकबहादुर थापा सहभागी थिए भने भारतीय पक्षबाट विदेशमन्त्री एस जयशङ्कर र सचिव विक्रम मिश्रीलगायतको सहभागिता रहेको थियो।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


