काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्। बाढी, पहिरो, र अन्य प्राकृतिक विपद्सम्बन्धी समस्याहरूमा छलफल गर्न बैठक आयोजना गरिएको हो।
कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयका अनुसार देशभरि लगातार भइरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्याएको छ। बैठकमा उद्धार, राहत, र पुनर्स्थापनासम्बन्धी विषयमा सबै दलसँग छलफल हुने बताइएको छ।
गृहमन्त्रालयको समन्वयमा उद्धार कार्यहरू भइरहेको जानकारी दिँदै सिंहले सुरक्षाकर्मी, स्थानीय प्रशासन, राजनीतिक दलहरू, र नागरिक समाजलाई प्रभावित क्षेत्रहरूको सेवामा लाग्न आह्वान गरेका छन्। यसै क्रममा उनले पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई सजग र संयमित रहन अनुरोध गरेका छन्।
मौसमविद्हरूका अनुसार अझै केही दिन वर्षा जारी रहने भएकाले सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि उनले अपील गरेका छन्।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


