काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने निर्णय गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत दसैंको शुभकामना सन्देश दिँदै उनले यसपालि टीका कार्यक्रम नराखिएको जानकारी गराएका हुन्।
प्रधानमन्त्री ओलीले देशमा आएको प्राकृतिक विपत्तिले दिएको पीडाबाट मुक्त हुन ध्यान दिनुपर्ने भएकाले यस वर्षको विजया दशमी सामान्य रूपमा मात्र मनाउने बताएका छन्। उनले परिवारका सदस्यहरूसँग मात्र टीका कार्यक्रम हुने र सर्वसाधारणलाई टीका नलगाइदिने निर्णयको कारण यही रहेको स्पष्ट पारे।
उनले यस पटकको दसैं उल्लासमय नभएको र बाढीपहिरोले विस्थापितहरूलाई पहिलेकै अवस्थामा पुनर्स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, देशका पीडितहरूलाई राहत र पुनर्निर्माणका कार्यहरूमा केन्द्रित हुनुपर्ने जिम्मेवारी आफूले निर्वाह गरिरहेको पनि उनले सन्देशमा उल्लेख गरेका छन्।
यसअघि प्रधानमन्त्री हुँदा ओलीले सर्वसाधारणलाई टीका लगाइदिँदै आएका थिए।

RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


