राति सुतिरहेको अवस्थामा अचानक उठाएर मध्यरातमा सडकमार्ग हुँदै पोखरा लगिएको हो।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सरकारले प्रत्यक्ष निर्देशनमा चितवनबाट पोखरा लगिएको दाबी गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो घटनालाई “निकृष्ट, निन्दनीय र मानव अधिकार उल्लङ्घन” भएको बताएका छन्।
झाका अनुसार लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको अवस्थामा अचानक उठाएर मध्यरातमा सडकमार्ग हुँदै पोखरा लगिएको हो। “उहाँलाई राति ३ बजे पोखरा पुर्याइएको जानकारी प्राप्त भएको छ,” विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले यो घटनालाई गम्भीर मानवीय अधिकार उल्लङ्घनको संज्ञा दिँदै यसमा आपत्ति जनाएको छ। यस्तै, पार्टीले लामिछानेको हिरासतमा रहेको व्यक्तिगत डायरी पनि गायब पारिएको आरोप लगाएको छ। “सभापति लामिछानेको निजी डायरी हिरासतबाटै हराउनु गम्भीर विषय हो, हामी यसको घोर भर्त्सना गर्छौं,” विज्ञप्तिमा भनिएको छ।
केही कानुन व्यवसायीहरूले पनि लामिछानेलाई रातारात पोखरा स्थानान्तरण गर्नु गैरकानुनी र अस्वाभाविक भएको बताएका छन्।
सरकारको प्रत्यक्ष निर्देशनमा गरिएको भन्दै रास्वपाले यो घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ। यद्यपि, यो घटनाबारे सरकारी निकायको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


