राम जन्मभूमि अयोध्यामा फेला परेका बौद्धकालिन अवशेष

राम जन्मभूमि अयोध्यामा फेला परेका बौद्धकालिन अवशेष

मेट्रो संवाददाता

२ असार २०७७ ८:३४

किशाेर महर्जन

वर्षाै समय अघिदेखि भारतको राम जन्मभूमिको नाममा विवादित अयोध्यामा राम मंदिर निर्माण शुरू हुनुअघि नै पुनः नयाँ विवाद अगाडि आएको छ । नयाँ मन्दिर निर्माणको निमित्त उक्त स्थानको जमीन उत्खनन् क्रममा भेटिएका विभिन्न मूर्ति र सामाग्रीको अवशेष सम्राट अशोक शासनकालको रहेको दावी गरिएको छ । यी अवशेषहरू बौद्ध धर्मसित सम्बन्धित रहेको दावी पनि गरिएको छ । विज्ञहरूले यूनेस्कोसित यसको उत्खनन् निष्पक्ष रूपमा गर्न माग गरेको छ ।

भारतको अयोध्यामा बाबरी मस्जिद भत्काएर त्यहाँ राम मंदिर बनाउन खोजेपछि त्यहाँ हिन्दू र मुसलमान बीच ठूलो भिडन्त भएको थियो । पछि यो मुद्दा भारतको सुप्रीम कोर्टमा पुगेपछि त्यहाँका चीफ जस्टिस रंजन गगोईको अध्यक्षतामा सुप्रीम कोर्टका पाँच न्यायाधीशले फैसला गरेको थियो । अयोध्यामा विवादित भूमिमा राम मंदिर बनाउने र यस्को निमित्त एक ट्रस्ट बनाउने निर्णय गरेको थियो । सुप्रीम कोर्टले मुसलमानहरूको मस्जिद बनाउनको निमित्त अर्को पाँच एकड जग्गा दिने पनि निर्णय गरेको थियो । हिन्दूहरू मस्जिदको भित्रि भागको भित्रि भाग भगवान रामको जन्मभूमि रहेको दावी गर्दै आइरहेको थियो । तर भारतको सुप्रिम कोर्टले पनि त्यहाँ मस्जिदको निर्माण त्यहाँ रहेको मंदिर ध्वस्त पारेर बनाएको भन्ने आधार देखाउन सकेन । तर एउटा कुरामा निश्चित रहेको थियो कि बाबरी मस्जिदको निर्माण खाली जग्गामा नभई कुनै संरचनामााथि बनाइएको हो र जमीन मुनिको ढांचा इस्लामिक थिएन । यस विवादलाई लिएर भारतको हाई कोर्टले सन् २००२मा उक्त विवादित जग्गामा उत्खननको आदेश दिएको थियो ।

हाल सोही जग्गामा मन्दिर निर्माण गर्ने क्रममा उत्खनन् हुँदा त्यहाँ भेटिएको अवशेष कुनै शिवलिंग वा मन्दिरको नभई बौद्ध स्तंभको रहेको छ । यसैको क्रममा बौद्ध धर्मका कलाकृतिहरू र त्यहाँ भेटिएका अवशेषहरूको तस्वीर सामाजिक संजालमा बाहिर ल्याइ दाँज्ने कार्यहरू भइरहेको छ । मुसलमानहरूको संस्थाले पनि त्यहाँ प्राप्त अवशेष बुद्ध धर्मसित जोडिएको छ ।

त्यहाँ प्राप्त अवशेष विषयमा राम मंदिर ट्रस्टले पनि ती खंडित अवशेषहरू राम मंदिरको नरहेको कुरा स्वीकारेको छ । वास्तवमा यस विषय अयोध्या निवासी विनीत कुमार मौर्यले सन् २०१८ मा नै सुप्रीम कोर्टमा मुद्दा दायर गरेको थियो । वहाँले विवादित स्थलमुनि निक्कै अवशेष रहेको र ती बौद्ध धर्मका प्रचारक सम्राट अशोककालिन रहेको दावी गरेको थियो । त्यसैले मुसलमानहरूले बाबरी मस्जिद बनाउनुभन्दा पहिला त्यो ठाउँ बुद्धधर्मसित जोडिएको जिकिर वहाँको थियो । अहिले प्राप्त भएको अवशेषहरूपनि बौद्ध धर्मसित जोदिएको ढांचा अनुरूप रहेको छ । वादी विनीतको दावीअनुसार त्यहाँं स्तूप, गोलाकारको स्तूप, भिट्टा र स्तम्भहरू कुनै बौद्ध विहारको स्वरूपसित मिल्दो किसिमको रहेको छ । हाल त्यहाँ उत्खनन् गरिएका ५० भन्दा स्थानहरूमा कुनै मन्दिर वा हिन्दू ढांचाको अवशेष भेटिएको छैन ।

अयोध्यामा विवादित राम मन्दिरको निर्माण विषय पहिला हिन्दू र मुसलमानबिचमात्र द्वन्द रहेकोमा अव तेश्रो पक्षको पनि प्रवेश भएको छ ।


राम मन्दिरको विवादित जग्गामा सुप्रिम कोर्टले फैसला दिनुअघि नै गरिएको विभिन्न किसिमको उत्खनन्मा भेटिएको अवशेषकै आधारमा अयोध्याका विनित कुमार मौर्यले त्यस जमिनमुनी भगवान गौतम बुद्ध र सम्राट अशोकको समकालीन समयका अवशेषहरू भेटिएकोले मुद्दा दाखिला गर्नु भएको थियो । यसरी अयोध्यामा विवादित राम मन्दिरको निर्माण विषय पहिला हिन्दू र मुसलमानबिचमात्र द्वन्द रहेकोमा अव तेश्रो पक्षको पनि प्रवेश भएको छ ।

अयोध्याका विनित कुमार मौर्य सन् २००२को उत्खनन कार्यमा त्यही टैक्टर चालकको रूपमा कार्यरत व्यक्ति हुन् । त्यही समयमा भेट्टिएका केही अवशेषहरूलाई अनौपचारिकरूपमा तथागत भगवान बुद्धसित जाडिएको अशोककालिन मानिएको थियो । त्यस समय पुरातत्व विभागले स्पष्टसित नभने तापनि ती अवशेष बुद्धसित जोडिएको कुरालाई अस्विकार गरेको थिएन । यस तथ्यलाई सन् २०१०मा बौद्ध अवशेषको कुरा हाईकोर्टमा पुरातत्व विभागले पनि स्वीकारेको थियो, तर समाजमा खलबल नआउन भनी ती कुराहरू खुलाइएको थिएन । तत्कालिन समयमा उत्खननका प्रतिवेदन जापानको टो जो – विकास इंटरनेशनल र आर्केलोजिकल सर्वे अफ इंडिया (एएसआई)ले मिलेर तयार गरेको थियो, त्यसमा पनि बुद्ध कालको अवशेष रहेको कुरा खुलाइएको थियो । यसलाई हाल अदालतको आदेशमा सील गरेको छ । सील खुलेपछि यसको वास्तविकता सबैलाइ थाहा हुने नै छ ।

अयोध्याको विवादास्पद राम जन्मभूमि स्थल वास्तवमा बौद्धहरूको हो । यहाँ सन १५२८ मा मस्जिद निर्माण गरे को हो भने त्यस बेला मन्दिरको स्थिति के थियो र त्यो भन्दा पनि पहिला त्यहाँको स्थिति के थियो जान्न आवश्यक रहेको छ । भारतमा रहेका बौद्ध भिक्षुहरू एवं धर्माबलम्बिहरू त्यहाँ अव सत्य तथ्यको आधारमा बौद्ध स्मारक निर्माण गरिनु पर्ने आवाज उठाइ रहेका छन् ।

लाय्कू पाक्षिक (जेठ १६-३२)

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता