गायक सुरेश शम्शेरको ‘दोबाटोमा नकुर है’ गीत सार्वजनिक

गायक सुरेश शम्शेरको ‘दोबाटोमा नकुर है’ गीत सार्वजनिक

मेट्रो संवाददाता

२ असार २०७७ २३:००

२ असार, काठमाडाैं । ‘दि रियल वन म्यान ब्याण्ड’ भनेर चिनिने गायक सुरेश शम्शेरको नयाँ गीत ‘दोबाटोमा नकुर है’ बोलको गीत सार्वजनिक भएको छ ।

आफ़्ना गीतहरुमा आफ़ैले स्वर दिने मात्र नभई गीतमा आवश्यक पर्ने सबै खाले बाजा बजाउने अनि सङ्गीत संयोजन, ड्र्म प्रोग्रामिङ्ग, रिकर्डिङ्ग, मिक्सिङ्ग र गिटार वर्क समेत उनि आफ़ै गर्छन् ।

लामो समयदेखि गीत सङ्गीत सृजना तथा गायनमा नै रम्दै आएका सुरेशले आफ्नै युट्युव च्यानल मार्फत ‘पप’ बिधाको ‘दोबाटोमा नकुर है’ गीत सार्वजनिक गरेको छ ।

गीतकार समेत रहेका गायक सुरेशले यसपटक भने गीतकार राजकुमार कोइराला ‘केवलपुरे प्रतिक’ को शब्द सापटि लिएका छन् ।

बिदेशिने युवा युवतिको आफ़्नो नजिकको ब्यक्तिसँग छुट्टिनुको पीडा र दुस्खलाई यो गीतमा महसुस गराउन खोजिएको छ ।

गीतले भोलिको स्वर्णिम समयप्रति आशाबादि हुन पनि हौस्याएको छ। ठेट नेपालि शब्द प्रयोग गर्न रुचाउने गीतकार ‘केवलपुरे प्रतिक’ र गायक सुरेशको यो पहिलो गीती सहकार्य हो ।

‘गायक सुरेश स्वयम्ले नै गीतमा संगीत, एरेन्ज, रिकर्डिङ्ग पनि गरेकोले गीतमा पूर्ण न्याय गरेको छ’ गीतकार कोइरालाले भने, ‘गिटार वर्क तथा मिक्सिङ्गसमेत गायक सुरेश स्वयम्ले गरेकोले यस्तो सहकार्य गर्न पाएकोमा निकै खुसी छु । ’

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता