मेट्रो संवाददाता
५ असार २०७७ १४:१५
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल बही, चुक/ननी, लाछी जस्ता मूर्त तथा रितीरिवाज, भाषा, लिपी, संस्कृति, जात्रा, परम्परा जस्ता अमूर्त सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने नीति लिएको छ ।
महानगर क्षेत्रभित्र रहेका मूर्त अमूर्त सम्पदाहरुको ऐतिहासिक, धार्मिक, साँस्कृतिक बिवरण सहितको तथ्याङ्क संकलन तथा डिजिटल अभिलेखिकरण गर्ने कार्य प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान तथा सम्पदाहरुको मौलिक एवं प्राचीन नामहरुको खोजी गरी तिनको पुनस्र्थापना गर्ने, आधिकारिक नामाकरण हुन बाँकी टोल, सडक, मार्ग, चोक आदिको नामाकरण गर्नुपर्दा महानगरपालिकाको स्वीकृति अनिवार्य लिनुपर्ने ब्यबस्था पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाः बही लगायतका साँस्कृतिक सम्पदा क्षेत्र तथा सम्पदा मार्गहरुको बृहत्तर विकास योजना बनाई क्रमबद्ध कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रभित्रको भण्डारखाल परिसरको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँग आवश्यक सहकार्य गरिनेछ, हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसन्धान गर्ने महानगरपालिकाकाे नीति तथा कार्यक्रममै उल्लेख छ ।
काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक सेतो मच्छिन्द्रनाथको जात्राबारे विस्तृत अनुसन्धान गरी दस्तावेज प्रकाशन गर्ने जस्ता नीति पनि महानगरपालिकाले लिएको छ ।
‘काठमाडौं महानगरको इतिहास, संस्कृति, मौलिक परम्परा समेटी तस्बीर, चित्रकथा, श्रव्यदृश्य सामाग्री निर्माण गरिनेछ । साथै विभिन्न स्थानहरुमा कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्ते चित्र राखिनेछ,’ नीति तथा कार्यक्रममै उल्लेख छ ।
काठमाडौं महानगरभित्रका अमूर्त सम्पदाकाे संरक्षण र प्रवद्र्धनमा विशेष योगदान गरेका परम्परागत बाजाहरु सिकाउने गुरुहरुको योगदानको कदर गर्दै विशेष सुविधा सहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


