पलेशा गोवर्धनलाई प्रधानमन्त्रीद्वारा सम्मान, ६५ लाखको करमुक्त पुरस्कार घोषणा

पलेशा गोवर्धनलाई प्रधानमन्त्रीद्वारा सम्मान, ६५ लाखको करमुक्त पुरस्कार घोषणा

मेट्रो संवाददाता

१९ भदौ २०८१ २२:४२

काठमाडौँ, १९ भदौ : पेरिस पारा ओलम्पिक २०२४ मा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक जिताउने खेलाडी पलेशा गोवर्धनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्दै सरकारबाट करमुक्त ६५ लाख रुपैयाँको पुरस्कार घोषणा गर्नुभएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पलेशाको यो जीत नेपाली खेल क्षेत्रका लागि ऐतिहासिक भएको बताउँदै यो कीर्तिमानले नेपालको इज्जत बढाएको उल्लेख गर्नुभयो।

पलेशाले पेरिस पारा ओलम्पिकको के–४४ वर्गअन्तर्गत महिला ५७ किलो तौल समूहमा प्रतिस्पर्धा गर्दै सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई पहिलो पटक पारा ओलम्पिकमा पदक जिताएकी हुन्। प्रधानमन्त्री ओलीले यो सफलता नेपाली खेलाडीको मेहनत र साहसको परिणाम भएको र भविष्यमा अझ ठूला कीर्तिमानहरू बनाउने प्रेरणा भएको बताउनुभयो।

यस अवसरमा पलेशाका प्रशिक्षक, व्यवस्थापक र अन्य सहभागी खेलाडीलाई पनि सम्मान गरिएको थियो।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता