एकीकृत समाजवादीको आरोपः निजी सम्पत्तिमाथि संवैधानिक अधिकार हनन

एकीकृत समाजवादीको आरोपः निजी सम्पत्तिमाथि संवैधानिक अधिकार हनन

मेट्रो संवाददाता

२३ भदौ २०८१ १४:३७

काठमाडौँ, २३ भदाै : नेकपा (एकीकृत समाजवादी) पार्टीले काठमाडौँ उपत्यकाका नदी किनारको २० मिटर जमीन खाली गराउने सर्वोच्च अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथि संवैधानिक अधिकार हनन गरेको बताएको छ। पार्टीले जनताको पक्षमा उभिएर विरोध कार्यक्रम गर्ने निष्कर्ष निकालेको छ।

पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार, पार्टीले जनताको अधिकार संरक्षणका लागि दबाबमूलक कार्यक्रमहरू संचालन गर्ने निर्णय गरेको छ। उनले पीडित जनतासँग तत्काल अन्तरक्रिया गरी पार्टीको धारणा स्पष्ट पार्न मातहतका कमिटीहरूलाई निर्देशन दिइएको जानकारी दिए।

आगामी सोमबार पार्टीले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गर्न एक अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ। खतिवडाले पार्टीको उद्देश्य संवाद र जनताको आवाजलाई प्राथमिकतामा राखेर अघि बढ्ने रहेको बताए।

एकीकृत समाजवादीले सर्वोच्च अदालतको निर्णयलाई जनताको निजी सम्पत्तिमाथिको अधिकारमाथि अतिक्रमण भएको ठहर गर्दै जनताको पक्षमा संघर्ष गर्ने घोषणा गरेको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता