उद्यमशीलता प्रवर्द्धनमा कर्जा सुरक्षण अपरिहार्य

उद्यमशीलता प्रवर्द्धनमा कर्जा सुरक्षण अपरिहार्य

मेट्रो संवाददाता

६ असोज २०८१ १४:१०

काठमाडौँ – उद्यमशीलता र रोजगारी बढाउन कर्जा सुरक्षणको महत्त्वलाई जोड दिँदै विज्ञहरूले यो नीति लागू गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। एसियाली सुरक्षण संस्था (एसिक) को ३६ औँ सम्मेलनको दोस्रो दिन, सहभागीहरूले नवप्रवर्तन र उद्यमशीलता विकासका लागि कर्जा सुरक्षणको भूमिका अनिवार्य रहेको बताए।

प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले नेपालमा बैंक तथा वित्तीय संस्थाहरूबाट मात्र १८ प्रतिशतले कर्जा लिने गरेको जानकारी दिए। खासगरी महिलाहरूलाई कर्जा दिनुपर्दा उच्च प्रतिफल हुने उनले बताए, तर धितो राख्न नसक्दा महिलाहरूको पहुँच कमजोर भएकोमा चिन्ता व्यक्त गरे।

नवप्रवर्तनमा कर्जा सुरक्षणको भूमिका

कोरिया कर्जा सुरक्षण कोष (कोडिट) का नीति सल्लाहकार जुङ्गिन योनले वित्तीय रूपमा समस्यामा परेका उद्यमीलाई सहयोग गर्दै आएको बताए। मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसनका अध्यक्ष मोहम्मद इसकले एसएमईहरूको ठूलो हिस्सा कर्जा सुरक्षणमार्फत सहायता पाउँदै आएको जानकारी गराए।

स्थानीय नवप्रवर्तन र ग्रामीण विकासको जोड

फिलिपिन ग्यारेन्टी कर्पोरेसनका सेल्सो गुटिअरेजले साना उद्योगहरूको निरन्तर विकासमा नवप्रवर्तनसम्बन्धी कानुनले सहयोग पुर्‍याएको बताए। उनले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गरे। त्यस्तै, ताइवानको एसएमई क्रेडिट ग्यारेन्टी फन्डका युसिन कुओले सरकार र बैंकहरूको सहकार्यमा उद्यमीलाई निरन्तर सहयोग पुर्‍याउने आफ्नो संस्थाको अनुभव साझेदारी गरे।

 क्रेडिट ग्यारेन्टीको आवश्यकता र सम्भावना

नेपालमा २७ प्रतिशत जनसङ्ख्याले बैंकिङ पहुँच पाउन बाँकी रहेको उल्लेख गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सिइओ अनिर्वाण घोष दस्तीदारले स्टार्टअप र एमएसएमईका लागि क्रेडिट ग्यारेन्टीको महत्त्व झनै बढ्ने बताए। भारतको टी हबका सञ्जय ठाकुरले एसियाली क्षेत्रमा साना तथा मझौला उद्योगको विस्तारमा कर्जा सुरक्षणको ठूलो भूमिका रहेको बताए।

एसियाका १६ देशका प्रतिनिधिहरूको उपस्थिति रहेको यो सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता