भक्तपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिले आज आफ्नो पहिलो ऐतिहासिक जिल्ला भेला र खुल्ला सभा आयोजना गर्दैछ। भ्रष्टाचार, कुशासन, र बेथितिको विरुद्ध एकजुट भई सुशासनको स्थापनाका लागि आयोजित यो कार्यक्रम बिहान ७ बजे शंखधर चोक, मध्यपुर थिमिबाट सुरु हुने तयारी भएको छ।
खुल्ला सभामा सहभागीहरू सांस्कृतिक झाँकीसहित दुईपोखरी (निगु पुखु) पुग्नेछन्, जहाँ बिहान ८ बजे सभा आयोजना हुनेछ। सभामा पार्टीका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
सभालाई केन्द्रिय उपसभापति तथा सांसद डी.पी. अर्याल, सचिवालय सदस्य तथा प्रमुख सचेतक सन्तोष परियार, पार्टी सचिवालय सदस्य एवं पूर्व युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, र केन्द्रिय सदस्य तथा सांसद सोबिता गौतमले सम्बोधन गर्नेछन्।
पार्टीका अनुसार, यो सभा र भेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध भइरहेको योजनाबद्ध राजनीतिक प्रतिशोधको विरोधमा आयोजित अभियानको हिस्सा हो। साथै, यस कार्यक्रमले जिल्लामा पार्टीको सांगठनिक उपस्थिति बलियो बनाउने उद्देश्य राखेको छ।
भक्तपुर जिल्लाभरका अग्रगामी, न्यायप्रेमी, र सुशासन चाहने जनसमुदायलाई कार्यक्रममा सहभागी हुन आव्हान गरिएको छ। पार्टीका शुभचिन्तकहरू, नेता, र कार्यकर्ताको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


