देशभर धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

देशभर धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

मेट्रो संवाददाता

२ कार्तिक २०८२ ९:४२

कार्तिक कृष्ण त्रयोदशीका दिन आज देशभर धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस विविध कार्यक्रमसहित मनाइँदैछ ।

आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मोत्सवका रूपमा यो दिवस मनाउने परम्परा रहँदै आएको छ। बिहान त्रयोदशी तिथि परेकाले आजका दिन जयन्ती मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

वैदिक ग्रन्थअनुसार, देव–असुरले समुद्र मन्थन गर्दा भगवान् धन्वन्तरी अमृतकलशसहित प्रकट भएको विश्वास छ। उहाँलाई रोगनिवारण र स्वास्थ्यको प्रतीकका रूपमा पूजा गरिन्छ।

नेपालमा वि.सं. २०२९ देखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पस स्थापना भएपछि औपचारिक रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। अहिले यो दिवस सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र निजी आयुर्वेद अस्पतालहरूमा समेत मनाइँदैछ।

वि.सं. २०५६ देखि यो दिनलाई ‘आरोग्यता दिवस’ का रूपमा पनि मनाउने परम्परा सुरु भएको हो।

कोरोना र डेङ्गु महामारीका क्रममा रोगप्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि प्रभावकारी देखिएको भन्दै गुर्जोलगायत जडीबुटीको माग पछिल्लो वर्षहरूमा चार गुणासम्म बढेको सिंहदरबार वैद्यखानाले जनाएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता