मेट्रो संवाददाता
२ कार्तिक २०८२ ९:४२
कार्तिक कृष्ण त्रयोदशीका दिन आज देशभर धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस विविध कार्यक्रमसहित मनाइँदैछ ।
आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मोत्सवका रूपमा यो दिवस मनाउने परम्परा रहँदै आएको छ। बिहान त्रयोदशी तिथि परेकाले आजका दिन जयन्ती मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
वैदिक ग्रन्थअनुसार, देव–असुरले समुद्र मन्थन गर्दा भगवान् धन्वन्तरी अमृतकलशसहित प्रकट भएको विश्वास छ। उहाँलाई रोगनिवारण र स्वास्थ्यको प्रतीकका रूपमा पूजा गरिन्छ।
नेपालमा वि.सं. २०२९ देखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पस स्थापना भएपछि औपचारिक रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। अहिले यो दिवस सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र निजी आयुर्वेद अस्पतालहरूमा समेत मनाइँदैछ।
वि.सं. २०५६ देखि यो दिनलाई ‘आरोग्यता दिवस’ का रूपमा पनि मनाउने परम्परा सुरु भएको हो।
कोरोना र डेङ्गु महामारीका क्रममा रोगप्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि प्रभावकारी देखिएको भन्दै गुर्जोलगायत जडीबुटीको माग पछिल्लो वर्षहरूमा चार गुणासम्म बढेको सिंहदरबार वैद्यखानाले जनाएको छ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


