विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता, नेकपा सचिवालय बैठकबाट पारित

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता, नेकपा सचिवालय बैठकबाट पारित

मेट्रो संवाददाता

६ असार २०७७ १३:०४

६ असार, काठमाडौं ।


नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र दिइनु उपयुक्त हुने निष्कर्ष नेकपा सचिवालय बैठकले निकालेको छ ।

नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरेको सातवर्ष नेपालमा बसेको र सम्बन्धित महिलाले आफ्नो देशको नागरिकता त्यागेको प्रमाण पेश गरेपछिमात्र नेपाल सरकारले वैवाहिक अंगीकृत नागरिकता दिइनु पर्ने नेकपा सचिवालय बैठकले निष्कर्ष निकालेको छ ।

वैवाहिक अंगीकृत नागरिकता नपाएसम्म सम्बन्धित महिलाले आवासीय परिचयपत्र पाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

हाल नागरिकता विधेयक संसदमा छलफलका क्रममा रहेको छ । यससम्बन्धी विधेयकमा लामो समय सहमति नजुटेपछि समिति सभापति शशि श्रेष्ठले विदेशी बुहारीले सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता पाउने प्रस्ताव पेस गरेकी थिइन्। नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ भन्ने प्रस्ताव गरिएको थियो।

सरकारले झन्डै दुई वर्षअघि नागरिकता संशोधन विधेयक संसद्मा दर्ता गरेको थियो। पटक–पटक छलफल हुने र सहमति नजुटेपछि यो विधेयक पछि सर्दै समितिमा लामो समयदेखि थन्किएर बसेको छ। संसद्मा २०७५ साउन २२ गते दर्ता भएको विधेयक २०७५ भदौ ५ गते समितिमा दफावार छलफलका लागि पुगेको थियो।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता