कौसी खेतीमा कोकोपीट प्रयोग गर्दै हुनुहुन्छ? यति कुरा जानिराख्नुहोस्

कौसी खेतीमा कोकोपीट प्रयोग गर्दै हुनुहुन्छ? यति कुरा जानिराख्नुहोस्

मेट्रो संवाददाता

१० भदौ २०७७ ११:२४

कोकोपीटको प्रयोग कृषिमा सामान्यतया हाइड्रोपोनिक्स प्रविधिमा ब्यापकरूपमा हुने गर्दछ । अचेल container gardening अर्थात थैला/बाकसमा गरिने खेतीमा पनि यसको प्रयोग हुन थालेको छ । नर्सरीमा त यसको प्रयोग छदैछ ।

कौसी खेतीमा यसको प्रयोग लोकप्रिय हुनु वा बनाइनुको कारण यसको हलुका तौल र पानी धारण गर्न सक्ने क्षमता नै हो । यदि तपाइको छतमा भारवहनको समस्या छैन भन्ने लाग्छ भने यसको प्रयोग नगरिकन माटो र मल मात्र प्रयोग गर्न सकिन्छ ।

मेरो बिचारमा कोकोपीटको सट्टा बायोचार (अँगारको धुलो) को प्रयोग गर्न पनि सकिन्छ । कोकोपीटमा पाइने सबै गुण यसमा पनि पाइन्छ । यसलाइ हामी निशुल्क घरमै बनाउन पनि सक्छौं ।

कोकोपिटको बारेमा बुझ्नु पर्ने कुरा के हो भने यो नरिवलको बोक्रामा रहेको जटाबाट बनाइन्छ । हामी सबैलाइ थाहा भएको कुरा हो नरिवल समुन्द्री तटिय क्षेत्रमा हुने बाली हो ।

त्यसकारण प्रशोधन नगरिएको नरिवलको बोक्रामा अत्याधिक मात्रामा नून (सोडियम क्लोराइड र पोटासियम क्लोराइड) को मात्रा हुन्छ । हामीले कोकोपीट खरीद गर्दा त्यसको मूल्यलाइ त विचार गर्नै पर्छ तर साथसाथै यसको गुणस्तरको बारेमा समेत विचार गर्नु पर्दछ ।

हामीले खरीद गर्न लागेको सस्तो कोकोपीट कतै कम गुणस्तरको त छैन ? सोच्ने कुरा हो याे । कोकोपीट खरीद गर्नु अघि यो wash गरिएको र buffering गरिएको हो कि हैन त्यो हेर्नु पर्ने हुन्छ । नूनले माटो र बाली विरूवालाइ हानी गर्छ भन्ने कुरा त हामी सबैले बुझेकै छौं ।

नूनको मात्रा EC (Electric conductivity) meter र TDS (Total Dissolved Solids) meter बाट जाँच गरिन्छ । सामान्यतयाः EC १ भन्दा कम तथा TDS ७५०-१५०० ppm भएको राम्रो मानिन्छ ।

हाम्रोमा EC र TDS जाँच गर्ने सुविधा सहजै उपलब्ध नहुने भएकोले कम्पनीले प्रदान गरेको लेबेलमा भर पर्नु पर्ने हुन्छ । त्यसकारण कोकोपिट खरीद गर्नु अघि त्यो प्रशोधित हो कि हैन त्यसको निधो गरेर मात्रै खरीद गर्नु उपयुक्त हुन्छ ।

सस्तो र अप्रशोधित कोकोपिट खरीद गर्नुभन्दा विश्सासिलो कम्पनीबाट केही महङ्गै भए पनि तयसलाइ छनौट गर्नु उपयुक्त होला । त्यसकारण लेबेल नगरिएको कोकोपिट कदापि नकिनौ । कोकोपीटको सकारात्मक गुणको अधिकतम उपयोग गरौ ।

(लेखक सुधिर श्रेष्ठ कृषि विभाग अन्तर्गत वरिष्ठ वागवानी विकास अधिकृत हुन्। )

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता