कोरोना भाइरस लकडाउन: कसरी हाम्रो मित्रतामाथि सङ्कट परेको छ

कोरोना भाइरस लकडाउन: कसरी हाम्रो मित्रतामाथि सङ्कट परेको छ

मेट्रो संवाददाता

१२ भदौ २०७७ ७:५४

बिबिसी । “यदि तपाईँले मित्रतामा ध्यान दिनुभएन भने त्यो चाँडै नै बिग्रिन सक्छ – तीन महिनाभित्र,” प्राणीको जीवन विकासक्रमसम्बन्धी मनोविज्ञानविद् प्राध्यापक रबिन डुन्बार भन्छन्।

त्यसैले लकडाउनको सामाजिक दबाव छोटै भए पनि त्यसले केही मित्रतामा दीर्घकालीन असर पार्न सक्ने उनी बताउँछन्।

रोयल सोसाइटी जर्नलमा एक लेख प्रकाशित गर्दै प्राध्यापक डुन्बारले कसरी लकडाउनले हाम्रा सामाजिक सम्पर्क परिवर्तन गर्नेछन् भन्नेबारे अध्ययन गरेका छन्।

अक्स्फोर्ड विश्वविद्यालयका यी विज्ञले औँल्याएका असरको जरा जूम वा ह्वाट्स्याप समूहभन्दा पर छन्। उनी भन्छन्ः मानिसको मित्रताको जरा गैरमानव प्राइमेटहरूको सामाजिक जीवनमा आधारित छ।

ती प्राइमेटका निम्ति सामाजिक बन्धन भनेको कुनै स्थिर समूहको सदस्य हुनु हो जसले तिनलाई प्रतिद्वन्द्वी वा अन्य जनावरबाट जोगाउँछ।

हामी किन निकटस्थ मित्रहरूलाई धेरै भर गर्छौँ भन्ने पनि यसले बुझाउँछ। हाम्रो विकासक्रमको इतिहासमा यस्ता मित्रतामाथि हाम्रो ज्यान नै निर्भर रहन्थ्यो।

अनि त्यस्ता सम्बन्ध बनाइराख्न निकै स्याहार सुसार चाहिन्छ।

मित्रतामा परिवर्तन

बाँदर तथा मानिस दुवैमा मित्रताको गुणस्तर कति समय सँगै व्यतीत गरिन्छ भन्नेमा भर पर्ने अध्ययनहरूले देखाएका छन्।

“मित्रता कायम राख्न हामीले बारम्बार भेटघाट गरिराख्नुपर्छ,” प्राध्यापक डुन्बारले बताए। त्यसो गर्न समय र भावनात्मक लगाव निकै लाग्छ जसले गर्दा हामीले सीमित सङ्ख्यामा मात्र त्यस्ता सामाजिक सम्बन्ध बनाइराख्न सक्छौँ।

“लकडाउनका बेला कैयौँ मानिसहरूले घरवरपर तथा समुदायमा थुप्रै नयाँ मित्रता गाँसिरहेका छन्,” प्राध्यापक डुन्बारले भने।

“त्यसैले जब लकडाउन खुल्छ तब हाम्रा केही पुराना मित्रलाई यी नयाँ मित्रले विस्थापित गर्न सक्छन्।”

यसको एउटा असर भने सम्बन्धहरूमा हुनसक्ने परिवर्तन हो। कडा लडकाउनका बेला फ्रान्समा सामाजिक वैज्ञानिकहरूले गरेको एउटा बृहत् सर्वेक्षणले यस्तै देखायो।

छोटकरीमा भन्दा केही मित्रताहरू प्राथमिकतामा परे र स्याहार अनि सम्पर्कमार्फत् थप बलियो बने भने कैयौँ हलुका मित्रताहरू त्यसै सेलाएर गए।

यसले बढी उमेरका मानिसहरूलाई धेरै असर पर्‍यो। “उमेर बढ्दै गएपछि नयाँ मित्र बनाउन कठिन हुन्छ,” प्राध्यापक डुन्बारले भने।

“अनि हाम्रो स्वास्थ्य, तन्दुरुस्ती, सुख – लामो बिमारी वा शल्यक्रियाबाट निको हुने क्षमता समेत – हाम्रा उच्च गुणस्तरका मित्रताहरूको सङ्ख्यामा भर पर्छन्।”

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता