मेट्रो संवाददाता
१७ वैशाख २०७८ १३:२७
काठमाडाैं, वैशाख १७ / कोभिड १९ को संक्रमण बढेसँगै सगरमाथा आधार शिविरमै बिरामीहरु बढ्दै गएका छन् । आरोहणमा जानेले पीसीआर नेगेटीभ आएको प्रमाण देखाएपछि मात्रै अनुमति पाउँछन् । त्यसैले आधार शिविरमा संक्रमण कसरी फैलियो भन्ने यकिन भैसकेको छैन् । नत जोखिम कम गर्न सरकारले नै ध्यान दिएको छ । जसका कारण स्थिति भयावह हुनसक्ने खतरा छ ।
सगरमाथा आधार शिविरमा बिरामी परेपछि काठमाडौँ फर्किएका एक विदेशी नागरिकमा पीसीआर पोजेटिभ देखियो। बेसक्याम्पमा १२ दिन बिताएकी एक युवती अचानक बिरामी परेपछि फर्किएर जाँच गराउँदा उनमा समेत कोरोना पुष्टिभयो। अहिले उनको अवस्था गम्भीर छ ।
त्यसयता निमोनिया हुने, लेक लाग्ने तथा श्वासप्रश्वासको समस्या जस्ता समस्याले बेसक्याम्पमा बिरामीको संख्या बढ्न थालेको एक आरोहीले जानकारी दिएका छन् । थप ४ जना गम्भीर बिरामी परेकोले स्थानीय होटलमै आइसोलेसनमा राखिएको छ । लुक्लाको एउटामात्रै सरकारी अस्पताल, आधारशिविरमा खटाएका ३ जना डाक्टर सहितको सानो टिमले मात्रै जाँच गर्न नसक्ने देखिएको छ। त्यसैले केही व्यक्तिहरु बेसक्याम्पबाटै फर्कन चाहेका छन् ।
यसपाली आरोही र सहयोगीको संख्या बढि भएकाले भवितव्य आइपरे उद्दारमा समेत कठिनाइ हुने जोखिम छ । यो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै जना अर्थात ४२ वटा टोलीका ३ सय ९४ जनाले अनुमति लिईसकेका छन् । अन्य हिमाल आरोहणका लागि थप ३ सय २८ जनाले अनुमति लिएकाले यी सबै र सहयोगीसहित हाल ४ हजार जनाजति बेसक्याम्पमा छन् । पीसीआर नेगेटीभ आएको प्रमाणपात्र पेश गरेर मात्र सगरमाथा आरोहणको अनुमति पाउने भएपनि आधार शिविरमा कसरी संक्रमण फैलियो भन्ने यकिन छैन। तर संक्रमणको जोखिम कम गर्न काम भइरहेको पर्यटन विभागको दावी छ ।
कोरोना संक्रमण फैलिरहेका बेला सरकारले हिमाल आरोहणको संख्या सिमित नगर्दा र स्वास्थ्य सचेतना फैलाउन नसक्दा पर्वतारोहीमा थप भय उत्पन्न भएको छ । अझ संक्रमण देखापरिसकेको अवस्थामा आधारशिविरमा बिरामी पर्नेहरुलाई पीसीआर जाँचको सुविधासहित थप उपचार गर्न ढिलाई गरेमा स्थिति अकल्पनीय हुने जोखिम बढेको छ। त्यसैले आरोही र तिनका सहयोगीहरुको स्वास्थ्य सुरक्षा र उद्दारमा सरकारले ढिला गर्नुहुन्न ।
kantipurtv.com
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


