चर्चित हात्ती यात्रा

चर्चित हात्ती यात्रा

मेट्रो संवाददाता

२७ जेठ २०७८ १८:५१

हाल चीनको १५ वटा हात्तीको एक समूह विश्वमा ध्यानाकर्षणको विषय बनेको छ।

तिनीहरूले गत डिसेम्बरदेखि युननान प्रान्तीय सीश्वाङपाना प्रिफेक्चरदेखि फुअर शहरको मोच्याङ जिल्लासम्मको दुरी तय गरेका छन्।

केही वर्षयता एशियाली हात्तीको राम्रोसँग संरक्षण गरिएको छ त्यसैले यसको संख्या प्रतिवर्ष ३-५ प्रतिशतले वृद्धि भएको छ।

एशियाली हात्तीको संख्या बढ्दैजाँदा बस्ने ठाउँको पनि विस्तार हुनुपर्छ त्यसैले कुनै हात्तीले नयाँ बसाइ क्षेत्र खोज्न यात्रा गर्न थालेका छन्।

यात्रा अवधिमा स्थानीय बासिन्दाहरूले पनि हात्तीको संरक्षण गरिनुका साथै खाना प्रदान गरेका छन्।

हाल उक्त हात्ती समूह चीनमा मात्र नभइ विश्वमा पनि चर्चित बनेको छ।

साथै विभिन्न मुलुकका मिडियाले तिनीहरूबारे रिपोर्ट गरेका छन्, तीमध्ये जापानी मिडियाले विशेष गरी ३० मिनेटको फिचर रिपोर्ट बनाएको छ।

रिपोर्टका अनुसार, चीनले हात्ती संरक्षण गर्न ३६० जना प्रहरी खटाएर चौब्बीसै घण्टा मोनिटर गरेको छ साथै ९ वटा थर्मल इमेजिंग क्यामेरा राखिएका ड्रोनहरू पठाएर मड-ट्रकलगायत कृत्रिम अवरोधको ट्र्याक गरेको छ।

चीनले ती उच्च विज्ञान तथा प्रविधि प्रयोग गरेबाट जापानीहरूलाई निकै अचम्म लागेको छ। यसै गरी, संरक्षण क्षेत्रको विषयमा पनि जापानी मिडियाले विशेष व्याख्या गरेको छ।

यद्यपि यो संरक्षण क्षेत्र हो, चिडियाघर जस्तो बार र भित्ता छैन त्यसैले हात्तीलाई बाहिर निस्कन कुनै अवरोध छैन।

CRI Nepali Service

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता