गर्मीमा रोगबाट बच्नका लागि यस्तो उपाय अपनाउनुहोस्

गर्मीमा रोगबाट बच्नका लागि यस्तो उपाय अपनाउनुहोस्

मेट्रो संवाददाता

२८ जेठ २०७८ १०:४९

एजेन्सी

गर्मी मौसममा रोग प्रतिरोधी प्रणालीमा प्रभाव पर्ने भएकाले धेरै स्वास्थ्य समस्याहरु आउँछन् ।

पाचन प्रक्रिया र छालासम्बन्धी समस्याहरुको साथसाथै मौसमी फ्लु र संक्रमण पनि खतरा आउँछ ।

गर्मी बढेसँगै अहिले खासगरी छालासँग सम्बन्धित समस्याहरु, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता स्वास्थ्य समस्या बढेका छन्। प्रायःजसो यस्ता समस्याहरु अस्वस्थ्यकर खानपान र बानीव्यहोराका कारण हुनेगर्छ।

कहिलेकाहीँ सामान्य जस्तो लागेर बेवास्ता गर्दा यस्ता समस्याले ज्यानै खतरामा पु¥याउन सक्छ। यी समस्याबाट बच्न निम्न सावधानी अपनाउनु जरुरी देखिन्छ।

प्रशस्त पानी पिउने :

यदि तपाईंको शरीरमा पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ । धेरै पानी पिउँदा ९० प्रतिशत बिरामीसँग लड्न सकिन्छ । पानीले फाइबरसँग मिलेर काम गर्छ । यसले दिशा नरम बनाउन मद्दत गर्छ । यसका साथै पानीले शरीरलाई सुख्खा हुन नदिने भएकाले समस्याहरुले सजिल्यै आक्रमण गर्न सक्दैनन् ।

फाइबरयुक्त खाना :
गौँ, सागसब्जी, फलफूल र फाइबर युक्त अन्य खानेकुराले पाचन पक्रियालाई तन्दुरुस्त बनाउँछ । यसले कब्जियतको समस्याबाट बचाउँछ । फाइबरयुक्त खाना खानाले फिशरजस्ता समस्याहरु हुन दिँदैन ।

क्याफिन :
गर्मीमा क्याफिनको सेवन धेरै मात्रामा गर्नुहुँदैन । यसले पाचन प्रणालीमा असर पुर्याउँछ । पाचन प्रक्रियामा आउने समस्याले अल्सर, एसिडिटी र जलन जस्ता समस्या आउँछ ।

व्यायाम :
गर्मीको समयमा पसिना निकाल्न आवश्यक छ । यसमार्फत शरीरभित्रमा फोहोर पदार्थ बाहिर फाल्न मद्दत पुग्छ । शरीरलाई जति सक्रिय राखिन्छ उति नै स्वस्थ रहन्छ ।

घामबाट टाढा रहने :
गर्मीको समयमा चर्को घाममा तीन घण्टाभन्दा बढी रहनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । हल्का कपडा लगाउने र चर्को घामबाट बच्ने गर्नुपर्छ ।

नियमित स्वास्थ्य चेकजाँच :
कहिलेकाँही शरीरका विभिन्न समस्याहरु देखिएपनि बेवास्ता गर्ने चलन रहेको छ जसले गर्दा गम्भीर समस्या समेत आउन सक्छ । त्यसैले नियमित स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ ।

घर तथा वातावरणीय सरसफाइ अनियार्य
अहिले देशैभरि डेंगु ज्वरोको प्रकोप बढेको अवस्था छ। घर वरिपरि सफा गर्न आवश्यक छ। लामखुट्टे र सर्पको टोकाइबाट बच्न वातावरण सफाइ गर्नुपर्छ। डेंगु गराउने लामखुट्टेले दिउँसो टोक्ने हुनाले लामखुट्टेको टोकाइबाट सधैं बच्नुपर्छ। साथै घरभित्र पानी जम्न दिनु हुँदैन।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता