मेट्रो संवाददाता
२८ जेठ २०७८ १२:२९
काठमाडाैं, जेठ २८ ।
पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधिको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीसमेत व्यस्त देखिन थालेका छन्। कोरोना जितेका अधिकांशले बेसार, गुर्जो, असुरोलगायतको सेवनका कारण कोरोना जितेको अनुभव सुनाउँछन् । सक्रिय सङ्क्रमित सङ्क्रमणको बखत बेसार र गुर्जो पानी नखाने कमै भेटिएका छन्।
कोरोनाको हालसम्म कुनै औषधि नबनेका कारण कोरोना जित्न सहयोगीका रूपमा आयुर्वेद औषधिको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धवलागिरि आयुर्वेद औषधालयले जनाएको छ। कार्यालयले यस क्रममै सङ्क्रमितको हातहातमा आयुर्वेद औषधि पु-याउने अभियान चलाइरहेको छ ।
कोरोना सङ्क्रमितलाई अनलाइनमार्फत योगाभ्यास गराउनेदेखि रोग प्रतिरोधात्मक औषधि वितरणसम्मको काम औषधालयले गर्दै आएको धवलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा सरोज रायले बताउनुभयो। “सङ्क्रमितले आफूखुशीसमेत आयुर्वेद औषधि सेवन गरेको पाइएको छ । तर फोनबाटै भए पनि सल्लाह गरेर खाँदा राम्रो हुन्छ, गुर्जो, बेसार, अदुवालगायतका औषधिको समेत मात्र मिलाएर खान आवश्यक हुन्छ, हामीले बारम्बार आइसोलेशन तथा होमआइसोलेशनमा गएर भन्दै र परामर्श गर्दै आयुर्वेदको महत्व दर्शाएका छौँ”, डा रायले भन्नुभयो।
अनलाइनरेडियाेका अनुसार कोरोनाको पहिलो लहरपछि निरन्तर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको माग भएको र अहिलेसम्म ७५४ जनाले उक्त औषधि लगेको औषधालयको भनाइ छ ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


