मेट्रो संवाददाता
३ असार २०७८ २२:११
असार ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज सांसद महेश बस्नेतले जस्तो सुकै परिस्थितिमा पनि युवा अगाडी हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय यूवा संघका यूवाहरुले बुधबार नेकपा एमालेका सांसदलगायत विभिन्न भातृ संगठनका पदाधिकारी सदस्यहरुलाई भेटघाट गर्नेक्रममा नेता बस्नेतले नेकपा एमाले हाम्रो पार्टी बलियो रूपमा प्रस्तुत भइरहेको र हाम्रो पार्टी कमजोर बनाउन सबै विपक्ष पार्टीहरु एकठिक्का भइ लागि परिरहेको बताए।
युवा संघका पदाधिकारी, सदस्यहरुले सांसद महेश बस्नेत, संघका नवनियुक्त केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय महासचिव रमेश आचार्यलगायतलाई भेटघाट गरेको हो ।
भेटघाटमा नवनियुक्त केन्द्रिय अध्यक्ष पौडेलले राष्ट्रिय युवा संघ नेपालले सबै युवाहरुलाई राजनीति रूपमा मात्र नभई समाजिक, खेलकुद, संगीत क्षेत्र तिर पनि अभिप्रेरित गर्ने बताए ।
युवा संघका केन्द्रिय सदस्य साथै क्षेत्र नं ८ का उत्प्रेरक निसारउद्दिन, संघ कामपा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल पनि आ–आफ्नो विचार राख्नुका साथै गतिविधिहरुको बारेमा जानकारी गराए ।

केन्द्रीय अध्यक्ष पौडेलले राहतलगायत विभिन्न सामाजिक काममा लागेका युवाहरुलाई सुरक्षित रहँदै अघि बढ्न सुझाव दिँदै पिपिइ १० जोर पनि प्रदान गरेका थिए ।
भेटघाटको क्रममा नेकपा एमाले काठमाडौं महानगर सदस्य लक्ष्मण शाही, उद्दव खड्गी, युवा संघ कामपा १५ वडा कमिटीका उपाध्यक्ष नियाज उद्दिनलगायतको उपस्थिती थियो ।

साथै, राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नं ८ तथा राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीको तर्फबाट राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेललाई मायाको चिनो प्रदान गरेको थियाे ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


