राहत लिएर युवा संघको टोली हेलम्बु प्रस्थान

राहत लिएर युवा संघको टोली हेलम्बु प्रस्थान

मेट्रो संवाददाता

३ असार २०७८ २३:५१

काठमाडाैं, असार ३ । बाढी पिडीतको उद्वारका लागि राष्ट्रिय युवा संघ नेपालको टोली सिन्धुपाल्चोकको हेलम्बु प्रस्थान गरेको छ। संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा राहत सामग्री लिएर युवा संघ हेलम्बु गएको हो। राहत वितरण तथा उद्वारका लागि हिडेको अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतको टोलीलाई नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री महेश बस्नेतले विदाई गरेका हुन्।

राष्ट्रिय युवा संघ नेपाल, भक्तपुर जिल्ला कमिटीले प्रदान गरेको ५ लाख रुपैयाँ बराबरको सामग्री र अन्य केन्द्रिय कमिटीका सदस्यहरुबाट संकलित करिव ३० लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर युवा संघको टोली हेलम्बु गएको हो। ‘प्राकृतिक विपदका कारण त्यस क्षेत्रको जनजिवन कष्टकर बनेको छ,’ अध्यक्ष पौडेलले भने, ‘हरेक विपत्तीमा राष्ट्रिय युवा संघले आफ्नो भुमिका सशक्त रुपमा निर्वाह गर्दै आएको छ।’

युवा संघले चामल, दालमोठ, चाउचाउ, दाललयागतका खाद्य सामग्रीसँगै, टेन्ट, स्वास्थ्यसामग्री र सफाईलगायत सामग्री लिएर गएको हो। भक्तपुर शाखाले मृतकको परिवारलाई ४५ हजारका दरले कृया खर्च समेत पठाएको छ। 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता