हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने छौं : मन्त्री श्रेष्ठ

हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने छौं : मन्त्री श्रेष्ठ

मेट्रो संवाददाता

११ असार २०७८ १९:४२

काठमाडौं, असार ११ हल्ला नगरीकन छिट्टै नै कोरोनाविरुद्धको खोप ल्याएर चमत्कार देखाउने नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन्।

शुक्रबार पदभार ग्रहण गर्दैै  मन्त्री श्रेष्ठले ल्याइएको खोप बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई  लगाउन प्राथमिकता दिइने बताए।

उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राखे ।

‘कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौं’, उनले भने, ‘हामी कुराभन्दा काममा विश्वास गर्दछौं, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने छौं ।’

यस्तै उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आईसीयू), १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट (एचडीयू), २५० बालबालिकाका लागि शैंया थप गर्ने निर्णयमा समेत हस्ताक्षर गगरेका छन् ।

सरकारले कोभिड–१९ को तेस्रो लहरका लागि तयारी थालेको बताउँदै उनले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड–१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राखे ।

यस्तै उनले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैंकिङ एशोसिएशनले उपलब्ध गराउने रु ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन् ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता