मेट्रो संवाददाता
१३ असार २०७८ ०:३३
काठमाडाैं, असार १२ । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसको डेल्टा भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ ।
अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ ।
घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
शनिबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


