मेट्रो संवाददाता
७ साउन २०७८ ७:२३
मेट्राेन्यूज / काठमाडाैं, साउन ७ ।

योगका विषयमा वेद, उपनिषद तथा गीतामा यथेष्ट प्रकाश पारिएको भए पनि आधुनिक कालमा महर्षि पतञ्जलि र गुरु गोरखनाथले तितरबितर भएको योग विद्यालाई व्यवस्थित रूपमा लिपिबद्ध गरी योगलाई वर्तमान स्वरूपमा ल्याएका हुन्।
योगासन गरेर विभिन्न रोगबाट छुटकारा पाएका कैयौँ उदाहरण छन् । तर योगबारे ज्ञान नेपाली समाजमा अझै पनि कम छ । योगको वास्तविक अर्थ थाहा पाउन नसकेको कारण आममानिसहरु योगसँग जोडिन नसकेको देखिन्छ । योग भनेकै जोड्नु हो । याेग गुरूकाअनुसार यसले परमात्मासँग मन र मस्तिष्कको मिलन गराउँछ ।
के हो योगासन ?
कुनै एउटै पोजिसनमा लामो समयसम्म बस्न सक्नु योगासन हो । शरीर र मनलाई शान्त राखेर बस्न नसके योगासनबाट लाभ लिन सकिदैन । त्यसैले, हामी जुन आसनमा योग गरे पनि त्यसमा सासलाई गहिरो रूपले ध्यान दिनु आवश्यक छ । आसनअनुसार श्वास–प्रश्वासको तरिका बदल्नुपर्ने हुन सक्छ । योगका धेरै आसन हुन्छन् । आफूलाई के समस्या छ, सोही अनुसार योगासनको तरिका फरक फरक हुन्छ । आफूलाई योगाभ्यासको ज्ञान नभए गुरु थाप्नु जाति हुन्छ ।
प्रमुख आसन
कुनै पनि अासनकाे सुरूवात सुतेर अर्थात् शवासन (चित्त एकाग्र) र मकरासन (औंधा सुतेर) मा र बसेर अर्थात् दण्डासन र वज्रासनमा, उठेर अर्थात् सावधान मुद्रा वा नमस्कार मुद्राबाट हुन्छ। यहाँ सबै किसिमका अासनका नाम दिइएकाे छ।
१.सूर्यनमस्कार
२. आकर्णधनुष्टंकारासन
३.उत्कटासन
४.उत्तान कुक्कुटासन
५.उत्तानपादासन
६.उपधानासन
७. ऊर्ध्वताड़ासन
८.एकपाद ग्रीवासन
९.कटि उत्तानासन
१०.कन्धरासन
११.कर्ण पीड़ासन
१२.कुक्कुटासन
१३.कुर्मासन
१४.कोणासन
१५.गरुड़ासन
१६.गर्भासन
१७.गोमुखासन
१८.गोरक्षासन
१९.चक्रासन
२०.जानुशिरासन
२१.तोलांगुलासन
२२.त्रिकोणासन
२३.दीर्घ नौकासन
२४.द्विचक्रिकासन
२५.द्विपादग्रीवासन
२६.ध्रुवासन
२७.नटराजासन
२८.पक्ष्यासन
२९.पर्वतासन
३०.पशुविश्रामासन
३१.पादवृत्तासन
३२.पादांगुष्टासन
३३.पादांगुष्ठनासास्पर्शासन
३४.पूर्ण मत्स्येन्द्रासन
३५.पॄष्ठतानासन
३६.प्रसृतहस्त वृश्चिकासन
३७.बकासन,
३८.बध्दपद्मासन
३९.बालासन
४०.ब्रह्मचर्यासन
४१.भूनमनासन
४२.मंडूकासन
४३.मर्कटासन
४४.मार्जारासन
४५.योगनिद्रा
४६.योगमुद्रासन
४७.वातायनासन
४८.वृक्षासन
४९.वृश्चिकासन
५०.शंखासन
५१.शशकासन
५२.सिंहासन
५३.सिद्धासन
५४.सुप्त गर्भासन
५५.सेतुबंधासन
५६.स्कंधपादासन
५७.हस्तपादांगुष्ठासन
५८.भद्रासन
५९.शीर्षासन
६०.सूर्य नमस्कार
६१.कटिचक्रासन
६२.पादहस्तासन
६३.अर्धचन्द्रासन
६४.ताडासन
६५.पूर्णधनुरासन
६६.अर्धधनुरासन
६७.विपरीत नौकासन
६८.शलभासन
६९.भुजंगासन
७०.मकरासन
७१.पवन मुक्तासन
७२.नौकासन
७३.हलासन
७४.सर्वांगासन
७५.विपरीतकर्णी आसन
७६.शवासन
७७.मयूरासन
७८.ब्रह्म मुद्रा
७९.पश्चिमोत्तनासन
८०.उष्ट्रासन
८१.वक्रासन
८२.अर्ध-मत्स्येन्द्रासन
८३.मत्स्यासन
८४.सुप्त-वज्रासन
८५.वज्रासन
८६.पद्मासन आदि।
योग किन आवश्यक ?
सफल जीवन जिउन, शैक्षिक, व्यवसायिक तथा अन्य जुनसुकै कार्य क्षेत्रको सफलताको लागि पनि योग आवश्यक छ । योगले हाम्रो शरीरलाई स्वास्थ्य र स्फूर्त राख्न मद्दत गर्छ । एकाग्रता र ध्यानको लागि पनि योग महत्वपूर्ण छ । जसरी मोबाइललाई दिनभरि एक्टिभ राख्न चार्ज गर्नुपर्ने हुन्छ, त्यस्तै शरीरलाई पनि दिनभरि एक्टिभ राख्न योग गर्नुपर्ने हुन्छ ।
जीवनशैलीमा परिवर्तन
योगको सुरुवात नै परिवर्तन भएको हुनाले योगाभ्यास सँगै मानिसको जीवनशैली स्वस्थ्य हुँदै जान्छ । यसले मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउँछ । नियमित योगाभ्यासले खानपानमा सुधार आउँछ भने शारीरिक र मानसिक रुपमा स्वस्थ्य समेत भइन्छ ।
अन्य व्यायाममा शारीरिक स्र्फुततालाई मात्र बढी महत्व दिइन्छ भने योगमा श्वाससम्बन्धि अभ्यास गरिन्छ । श्वासको लयबद्धतालाई ध्यानमा राखेर अभ्यास गरिन्छ ।
योगमा गरिने आसनमा विपरित क्रिया हुन्छ । शरीरलाई जति अगाडि झुकाउने क्रिया हुन्छ, त्यति नै पछाडि झुकाउने अभ्यास पनि हुन्छ । जति शरीरलाई दायाँ लग्ने अभ्यास हुन्छ, त्यति नै बायाँ लग्ने अभ्यास पनि हुन्छ, यसले शरीर सन्तुलित गर्न मद्दत गर्छ ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


