नेकपा (एमाले) का उपाध्यक्ष रावलको राजीनामा फिर्ता

नेकपा (एमाले) का उपाध्यक्ष रावलको राजीनामा फिर्ता

मेट्रो संवाददाता

९ साउन २०७८ ०:०१

काठमाडाैं, साउन ८ ।

नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिनुभएको राजीनामा फिर्ता लिनुभएको जानकारी दिनुभयो ।

गत असार २८ गतेको सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा रावलले राजीनामा दिनुभएको थियो ।

डा रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीनामा दिएको जनाउनुभएको थियो । पार्टीलाई एकताबद्ध बनाउन लाग्नुभएका डा रावललाई एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ता गर्न आग्रह गर्नुभएको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता