साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

मेट्रो संवाददाता

२२ साउन २०७८ १:०८

काठमाडाैं, २१ साउन। सरकारले यही साउन २५ गतेदेखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने उहाँले बताउनुभयो । 

दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

कोभिशिल्ड खोप यसअघि एक मात्रा खोप लगाएर बसेका ज्येष्ठ नागरिकहरूलाई लगाइने पनि उहाँले जनाकारी दिनुभयो । 

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले देशभरि गरेर १६ हजार खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने कार्य भइरहेको, तेस्रो लहरको व्यवस्थापनका लागि विज्ञहरूसँग छलफल भइरहेको र यस सम्बन्धमा सरकार गम्भीर रहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले सरकारले छिटोभन्दा छिटो सबै नागरिकमा खोप पुर्‍याउनुपर्ने, एक मात्रा खोप लगाएर बसेका ज्येष्ठ नागरिकका लागि छिटो दोस्रो मात्रा खोप उपलब्ध गराउनुपर्ने, खोप लगाउने कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।

No description available.

साउन महिनामा ५३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने पूर्वानुमान गरेको स्वास्थ्य मन्त्रालयले यो सङ्ख्या घट्दै गएर मङ्सिर महिनासम्ममा २५ हजारको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले आज संसद्को शिक्षा स्वास्थ्य समितिमा मङ्सिर महिनामा सङ्क्रमितको सङ्ख्या अझै घटेर २५ हजार १ सय ८३ पुग्ने सम्भावना रहेको बताउनुभयो ।

साउनदेखि मङ्सिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता