प्रधानमन्त्री देउवाको आग्रह : अत्यन्त आवश्यक परेको बेलामा मात्रै बाहिर निस्कनू

प्रधानमन्त्री देउवाको आग्रह : अत्यन्त आवश्यक परेको बेलामा मात्रै बाहिर निस्कनू

मेट्रो संवाददाता

२३ साउन २०७८ २०:५८

काठमाडाैं, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक्लो प्रयासले मात्रै कोरोना महामारी नियन्त्रण गर्न सम्भव नभएको बताएका छन्। ‘मास्क अप नेपाल’ शिर्षकमा एक भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले सबै मिलेर मात्रै यो महामारीलाई पार लगाउन सकिने बताएका छन्।

सबैले अहिले कोरोना महामारीको सामना गरिरहेका बताउँदै उनले कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरु हुने लक्षण देखिन थालेका बताए।

उनले भने, ‘त्यसैले म तपाईहरुसँग आग्रह गर्दछु, अत्यन्त आवश्यक परेको बेलामा मात्रै बाहिर निस्कनू, बाहिर निस्किनु अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔँ, भौतिक दुरी कायम गरौँ र बेलाबेलामा साबुन पानीले हात धोऔँ। स्वास्थ्य सचेतना सम्बन्धी मापदण्डहरु सबै पालना गरौँ।’

यो महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी अस्त्र भनकै खोप भएको देउवाको भनाइ छ। उनले अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य जारी रहेको समेत जानकारी गराएका छन्। यस्तोमा खोप लगाउन जाँदा सामाजिक दुरी कायम गरी लाइनमा बस्न पनि उनले सबैलाई अनुरोध गरेका छन्।

साथै, भिडियो सन्देशमार्फत उनले सम्पूर्ण राजनीतिक दलहरु, निजी क्षेत्र, गैरसरकारी संस्थाहरुलाई पनि भिडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्डहरु अपनाएर मात्र आफ्नो पेशा व्यवसाय तथा अन्य गतिविधिहरु सञ्चालन गर्न आग्रह गरेका छन्।

‘मलाई पूर्ण विश्वास छ, हामी सबैको साझा प्रयासले हामी छिट्टै महामारी नियन्त्रण गर्न सफल हुनेछौँ,’ उनले भने।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता