थप चार हजार ९०४ मा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप चार हजार ९०४ मा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

मेट्रो संवाददाता

२६ साउन २०७८ २२:३३

काठमाडौँ, २६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

तीमध्ये १३ हजार १२७ को पिसिआर परीक्षण गर्दा तीन हजार १९४ र पाँच हजार ९०५ को एन्टिजेन परीक्षण गर्दा एक हजार ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार ११५ जना सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७३ हजार १९८ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.४ प्रतिशत छ । यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको निधन भएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार १५० पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३३२ जना रहेका छन् ।

त्यस्तै ३३ हजार ९८५ जना होम आइसोलेसनमा, तीन हजार ३४७ संस्थागत आइसोलेसनमा र ३८१ जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना सङ्क्रमितमध्ये ७६१ जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ भने १७६ जना भेन्टिलेटरमा राखी उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता