उपत्यकामा ९४६जना सहित देशहभर ३,४८१ सङ्क्रमित थपिए

उपत्यकामा ९४६जना सहित देशहभर ३,४८१ सङ्क्रमित थपिए

मेट्रो संवाददाता

२७ साउन २०७८ १९:०५


काठमाडौँ, २७ साउन । एकै दिन आज तीन हजार ४८१ मा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ६५६ मा गरिएको परीक्षणमा तीन हजार ४८१ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा एक हजार ८८५ निको भई घर फर्किएका छन् । आजसँगै कुल छ लाख ७५ हजार ८३ निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३० जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार १८० जना को कोरोना सङ्क्रमणबाट निधन भएको छ । हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ । आज सङ्क्रमणर दर २४ प्रतिशत रहेको छ ।

यसैगरी ७९६ जना सघन उपचार कक्ष (आइसियु), १८४ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३४ हजार ११३ जना होमआइसोलेसन, तीन हजार २२० संस्थागत आइसोलेसन, ३९९ जना क्वारेन्टिनमा रहेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३३ रहेको छ । आज थपिएकासँगै हाल नेपालमा सात लाख २३ हजार २९६ सङ्क्रमितको सङ्ख्या पुगेको छ ।


उपत्यकामा ९४६
काठमाडौँ उपत्यकामा आज ९४६ मा सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ सङ्क्रमित थपिएका हुन् ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता