मेट्रो संवाददाता
२० असोज २०७८ १६:३१

काठमाडाैं । काठमाडाैंकाे धार्मिक तथा पर्यटकीय वडा १५ मा अवस्थित धार्मिक एवं पाैराणिक तथा एेतिहासिक शाेभा भगवती मन्दिर प्रांगणमा परम्परागत शैलीमा निर्माण भएकाे कलात्मक प्रवेश द्वार निर्माण सम्पन्न भएकाे छ ।
नजिकँदै गएकाे दशैंलाइ विशेष ध्यान दिएर निर्माण सम्पन्न भएकाे उक्त द्वारकाे संघीय सांसद् जीवनराम श्रेष्ठले आज एक विशेष कार्यक्रमकाे बीच उद्घाटन गर्नुभएकाे छ ।
विशेष गरी दशैंमा भक्तजनहरूकाे घुइँचाे लाग्ने शाेभा भगवती मन्दिरकाे प्रांगणमा करीव १० लाख रूपैयाँमा निर्माण भएकाे उक्त द्वार काठमाडाैं क्षेत्र नं. ८ स्थानीय पुर्वाधार साझेदार कार्यक्रमकाे सहयाेग र चःमति नेवाः खलःकाे सहकार्य बनेकाे हाे ।
चःमति नेवाः खलःका अध्यक्ष एवं चःमति मिसा खलःका संरक्षक पुर्णकाजी ज्यापुकाे संयाेजनमा निर्माण भएकाे उक्त द्वारकाे उद्घाटन कार्यक्रममा विशेषअतिथिकाे रूपमा काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यकाे विशेष उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा १५ वडाध्यक्ष एवं महानगर प्रवक्ता इश्वरमान डंगाेल, चमति आयोजना प्रमुख रामबाबु महतो, वडा सदस्य मैयालक्ष्मी महर्जन महागरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख डिएसपि मिलन केसीलगायत विशिष्ट व्यक्तिहरूकाे उपस्थितिरहेकाे सभाकाे अध्यक्ष चःमति मिसा खलःका अध्यक्ष कमला महर्जनले गर्नुभएकाे थियाे भने कार्यक्रम मिसा खलःका सचिव मन्दिरा महर्जनले सञ्चालन गर्नुभएकाे थियाे ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


