कीर्तिपुर सिङ्गिङ आइडल ११४२ हुने

कीर्तिपुर सिङ्गिङ आइडल ११४२ हुने

मेट्रो संवाददाता

२६ असोज २०७८ ६:००

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुर सिङ्गिङ आइडल–११४२ काे औपचारिक घाेषणा गर्नुभएकाे छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरका युवाहरूलाई संगीततर्फ आकर्षित गर्न यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नगर प्रमुख महर्जनले यस प्रतियोगितमा प्रथम हुनेलाई नगद रु. ५० हजार, द्वितीय हुनेलाई नगद रु. ४० हजार र तृतीय हुनेलाई नगद रु. ३० हजार पुरस्कार दिने घोाषणा गर्नुभयो ।

कीर्तिपुर नगरभित्रका १५ वर्ष देखि ३० वर्ष सम्मका गायक गायिकाहरू लक्षित उक्त प्रतियोगिता नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा हुने भएकाे छ ।

नयाँ वर्ष ११४२ (म्हपुजा)को दिनमा पहिलो चरण शुरु हुने उक्त कार्यक्रम तेश्रो चरणमा सम्पन्न हुने पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।                  

यसका साथै ईच्छुक कुनै व्यक्ति वा संस्थाले आफ्नो तर्फबाट पनि पुरस्कार दिन चाहनेहरू भएमा त्यसलाई स्वीकार गरी विजयी कलाकारलाई दिन सकिने बताउनुभयो ।             

प्रतियोगितासम्बन्धी नियम वा जानकारीका लागि कीर्तिपुर नगरपालिकाद्वारा प्रकाशित साप्ताहिक बुलेटिन नगर सन्देशको फेसबुक पेजमा अद्यावधिक हुने भएकोले सो पेज हेर्नुहुन समेत अनुरोध गर्नुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताका लागि तयार गरिएको पोष्टर र अडियो लोगो सार्वजनिक गरिएको थियो ।                   

कार्यक्रमका संयोजक हरिशरण साय्मि आफैले तयार गर्नुभएको अडियो लोगो बजाउनु हुँदै सार्वजनिक गर्नुभएको थियो भने पोष्टर कार्यक्रममा सदस्य रत्नशोभा महर्जनले तयार गर्नुभएको थियो ।         

यस प्रतियोगितामा सहभागी हुन अनलाइनमा यसमा https://forms.gle/B1PLWuzgEsJ8W84y5 वा नगरपालिकाको वेवसाइट https://www.kirtipurmun.gov.np/ne/content/kirtipur-idol1142 लिङ्कमा क्लिक गरेर फर्म भर्न सकिनेछ भने नगर सन्देशको इमेल [email protected]  मा पनि पठाउन सकिने जानकारी दिइएको थियो ।  

यस प्रतियोगितामा नेपालभाषा (नेवाः भाषा), नेपाली ( खस) भाषा र तामाङ्ग भाषामा गीत गाउन सकिने छ । यस प्रतियोगितामा सहभागी हुन यही कार्तिक ६  गते शनिबारसम्ममा इमेल वा अनलाइनमार्फत दर्ता गर्नु पर्ने पत्रकार भेटघाट कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा उप–प्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लेखा प्रमुख प्रविणजंग शाही, सामाजिक विकास शाखा प्रमुख अनुज प्रधानलगायत विभिन्न पत्रकारहरूको उपस्थिति रहेको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता