मेट्रो संवाददाता
१६ कार्तिक २०७८ २३:३८
प्रत्येक १०/१० वर्षमा गरिने राष्ट्रिय जनगणना यसवर्ष १२ औं पटक गर्न लागिरहेको छ । यस पटक “मेरो गणना मेरो सहभागिता” भन्ने मूल नारा तय गरेको छ ।
गत जेठ महिना मै सम्पन्न गर्नु पर्ने भए तापनि कोभिडका कारण यस पटकको जनगणना केही महिना पछि मात्र हुन लागेको छ ।
यद्दपि जनगणनाका लागि घर सूचीकृत गर्ने कार्य भने सम्पन्न भैसकेको छ । जनगणनाको मुख्य काम गणकहरूले प्रत्येक घरमा गई आवश्यक तथ्याङ्ग लिने हो ।
सोही कामका लागि कीर्तिपुरमा गणकहरूलाई कार्तिक १३ गतेदेखि तालिम सञ्चालन गरेको छ । कार्तिक १६ गतेसम्म सञ्चालन हुने यस गणक तालिम कीर्तिपुर माध्यमिक विद्यालयमा १२ भन्दा बढी प्रशिक्षकहरूले तालिम दिइरहनुभएको छ ।
यस तालिमपश्चात यही कार्तिक २५ गते देखि मंसिर ९ गतेसम्म गणकहरू घरघरमा गई तथ्याङ्क सङ्कलन गर्ने हो । कीर्तिपुरमा रहेको जनगणना कार्यालयले कीर्तिपुर नगरपालिकाका साथै छिमेकी नगरपालिका दक्षिणकाली नगरपालिकाको पनि तथ्याङ्क सङ्कलन गर्ने हो ।
गणकहरूले सोध्ने मुख्य प्रश्नमा कीर्तिपुर नगरपालिकामा कीर्तिपुर नगरपालिकाले थप केही प्रश्नहरू समावेश गराएर आवश्यक तथ्याङ्क सङ्कलन लिने तयारी गरे तापनि हाल त्यो सम्भव नभएको जनाएको छ ।
फिल्डमा खटिने गणकहरूलाई रिता आचार्य, विवेक पन्त, जुजुभाइ महर्जन, उमेशराम खत्री, राजेश श्रेष्ठ, लिलाधर अधिकारी, अंशु मानन्धर, शिवराम चालिसे, जीवन थापा, नन्दकुमार थारु, जेनिस महर्जन र तथ्याङ्क विभागका प्रतिनिधिहरूले सहजीकरण गरिरहनुभइको छ ।
यस राष्ट्रिय जनगणनामा दक्षिणाकाली नगरपालिकामा ३२ जना र कीर्तिपुर नगरपालिकामा ११० जना गणकहरू रहेका छन् भने सुपरीवेक्षकहरू क्रमश ९ र २९ जना रहेका छन् ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


