राप्रपा महाधिवेशन : बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

राप्रपा महाधिवेशन : बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

मेट्रो संवाददाता

१६ मंसिर २०७८ १८:००

काठमाडौं । राप्रपा महाधिवेशन ः बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् । यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने नेता भुवन पाठकले जानकारी दिनुभयो ।  

महाधिवेशन प्रतिनिधिको सुझावका आधारमा आज साँझसम्म संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ । सोहीअनुसार उम्मेदवारको मनोनय दर्ता, नामावली प्रकाशन तथा निर्वाचन गरिने छ । नेता सुन्दर पाण्डेकाअनुसार देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् ।

महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित  १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुने छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तिमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्नेछ । यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा शुरु भएको महाधिवेशन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता