मेट्रो संवाददाता
११ फागुन २०७६ २१:२६
काठमाडौंको किलागल टोलको दीप्याखं (देवीनाच) गुथिले मनकामना देवीलाई समय्ब्वः चढाउने कार्यक्रम सम्पन्न भयो ।
व्यक्तिको नाममा दर्ता भइसकेको दीप्याखंको गुथिघर गुथिकै नाममा ल्याउनु सकिएको खुशियाली स्वरूप फागुन १० गते शनिवार गोरखा जिल्लामा अवस्थित मनकामना माईमा समय्ब्व अर्पण गरियो ।

दीप्याखं प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष एवं किलागः त्वाःखलःका गुरु ईन्द्र महर्जनले धेरै वर्षको प्रयासबाट ऐतिहासिक गुथिको देवघर गुथिकै नाममा ल्याउन सकेको बताए । उनले यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण गुथिका सदस्य, शुभचिन्तक एवं दीप्याखंप्रति आस्थाभाव राख्ने श्रद्धालु भक्तजनहरुमा आभार व्यक्त गर्दै अब हुने पुनःनिर्माणमा तन, मन र धनले सक्दो सहयोग गर्नु हुन अनुरोध गरे ।

मनकामना माईको परिशरमा भएको कार्यक्रममालाई सम्बोधन गर्दै कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले हाम्रा मूर्त अमूर्त कला संस्कृति हाम्रो देशको पहिचान भएको बताए ।
‘सपना साकार पार्न मेहेनत गर्नुपर्छ, मेहेनत बिनाको सपना साकार हुँदैन ।’ उनले भने, ‘न्हूछेँकाजी, रामवीरलगायत हामीले चुनावअघि दीप्याखंको आफ्नै देवघर बनाउने एउटा सपना देखेका थियौं । जुन सपना अब दीप्याखंको जग्गा प्रातिबाट आधा पुरा भयो भने आधा देवघर निर्माण भएपछि पुरा हुनेछ ।’
‘दीप्याखं येंयाः (इन्द्रजात्रा)को एक महत्वूर्ण अंश भएकोले यसको संरक्षणमा नगरपालिकाले प्रतिबद्ध छ ।’ प्रमुख शाक्यले भने, ‘दीप्याखंको उन्नति र प्रगतिको शुभकामना । देवघरको पुनःनिर्माणको लागि नगरपालिकाको सहयोग सधैं रहनेछ । ’
कार्यक्रममालाई सम्बोधन गर्ने क्रममा शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले भने, ‘देवीनाचको देवघर बनाउने काठमाडौं महानगरपालिकाको सबैभन्दा ठूला दायित्व हो ।’
‘दीप्याखं येंयाः (इन्द्रजात्रा)को एक महत्वूर्ण अंश भएकोले यसको संरक्षणमा नगरपालिकाले प्रतिबद्ध छ ।’ प्रमुख शाक्यले भने, ‘दीप्याखंको उन्नति र प्रगतिको शुभकामना । देवघरको पुनःनिर्माणको लागि नगरपालिकाको सहयोग सधैं रहनेछ । ’
देवघर बनाउन श्रद्धाले जति सक्छ उति सहयोग गर्न आग्रह गर्दै उनले भने, ‘पुर्खाको धरोहर आज हामिले संरक्षण र सम्बद्र्धन गर्न सफल भयौं भने आउने सन्तती हेर्न पाउने र पुर्खाको आशिर्वाद पाउने छ ।’
देवघर पुनःनिर्माणको लागि महानगरबाट रु। १ करोडको बजेट विनियोजन गरिएकोमा दीप्याखंका संयोजक वरिष्ठ फोटोपत्रकार नातिकाजी महर्जनले खुशी व्यक्त गरे ।
काठमाडौं महानगरपालिका संस्कृति तथा पर्यटन समितिका संयोजक तथा वडा नं। १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले सांस्कृतिक सम्पदाहरुको संरक्षणका लागि महानगरमार्फत शुरुदेखि दत्तचित्त भइ सहयोग गर्दै आएको र आगामी दिनमा त्यसको निरन्तरता जारी रहने प्रतिबद्धता व्यक्त गरे । आदिकालदेखी सञ्चालन भइरहेको इन्द्रजात्राको दीप्याखं (देवी नाच)को देवघर नभइरहेको दुःख अब उप्रान्त नहुने बताए । महानगर, भक्तजन, समाजेसेवीलगायतहरु सहयोगबाट प्राप्त भएको रकमले भवनको शिलान्याष १९ गते हुनेछ ।

मनकामना माईको परिशरमा भएको कार्यक्रममा बागमति प्रदेश सभाका सदस्य वसन्त मानन्धर, कामपाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, गुथिका पदाधिकारी तथा सदस्यहरु, सांस्कृतिक बाजागाजा खलः सहित २०० जनाभन्दा बढी श्रद्धालु भक्तजनको सहभागिता रहेको थियोे ।
यसै शिलशिलामा गत महिना २५ गते किलागः स्थित श्री गणेश, श्री कुमार, श्री नित्यनाथ एवं नागार्जुन फेदी अवस्थित दि प्याखँको शक्तिपीठमा पनि समयब्व अर्पण गरिएको थियो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


