एमाले चितवनको अध्यक्षका लागि चार आकांक्षी

एमाले चितवनको अध्यक्षका लागि चार आकांक्षी

मेट्रो संवाददाता

१६ पुष २०७८ १५:४३

नेकपा ९एमाले० चितवनको १० औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदै छ । जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठकले इच्छा देखाउनुभएको हो ।  अध्यक्षका आकांक्षी न्यौपाने यसअघि पार्टीको भरतपुर महानगर कमिटीको अध्यक्ष हुनुहुन्थ्यो ।  खड्का यसअघिको नवौँ महाधिवेशनमा जिल्लाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

       भुर्तेल हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य हुनुहुन्छ । नवौँ अधिवेशनमा पाठक जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो । जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य पार्वती रावलले सहमतिका आधारमा नेतृत्व चयनका लागि केन्द्रीय नेताको उपस्थितिमा छलफल गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म सर्वसम्मत नेतृत्व चयनमा प्रयास हुनेछ ।” सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट नेतृत्वको टुङ्गो लाग्ने उहाँको भनाइ छ । जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक÷एक  र उपसचिवमा दुई जनासँगै १२० सदस्यीय कार्यसमिति बन्ने छ । जिल्लामा छनोट भएका एक हजार ४०० प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने नेता रावलले जानकारी दिनुभयो ।

       जिल्ला अधिवेशनका प्रतिनिधि पुस १७ गते सबै तहबाट छानिएर आउँदै छन् । यसअघि एमाले चितवनमा विष्णु घिमिरे, केदार न्यौपाने, युवराज कार्की, नरबहादुर खाँण, डम्बर श्रेष्ठ, हरि सापकोटा, देवी ज्ञवाली, विजय सुवेदी, कृष्ण खनाल, जेएन थपलिया, कृष्णभक्त पोखरेलले नेतृत्व गरिसक्नुभएको छ । एमाले अलग भएसँगै पार्टी नेतृत्वले चितवनका अध्यक्षमा रावललाई जिम्मेवारी दिएको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता