मेट्रो संवाददाता
२८ पुष २०७८ १८:२३
काठमाडौँ । नेपालमा आज ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३ हजार ३६ नमुनाको परिक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा १ सय ३४, ललितपुरमा २ सय ३६, र काठमाडौँमा १ हजार १ सय २८ गरी १ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा १२ लागेका १८ वर्षसम्मका किशोर किशोरीलाई मोर्डना र फाइजर खोप अभियान सञ्चालन भइरहेको प्रवक्ता डा. सङ्गीता मिश्रले बताउनुभयो ।
अहिलेसम्म नेपालमा १८ वर्ष माथिका ५८ प्रतिशत नागरिकले दुवै मात्रा खोप लगाइसकेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
माघको पहिलो हप्तादेखि अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई पहिले जुन खोप लगाएको हो त्यही प्रकृतिका खोपको बुस्टर डोज लगाउने प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
मन्त्रालयको जानकारी अनुसार देशभरि ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।
जसमा आइसियुमा ८७ जना र भेन्टिलेटरमा २२ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
आज कोरोना सङ्क्रमणबाट २ सय ७८ जना मुक्त भएका छन् ।
सङ्क्रमणबाट आज २ जनाको मृत्यु भएको छ ।
यसैबिच, सङ्क्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइरालाले कोरोना विरुद्धको भ्याक्सिन लगाएकाहरूलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसले कम असर गर्ने बताउनुभएको छ ।
विशेषज्ञ प्रा.डा.कोइरालाले पहिलो, दोस्रो लहरको तुलनामा ओमिक्रोन भाइरस बढी फैलने भएकाले यसले १ जनाबाट १० जनालाई संक्रमित बनाउँदै द्रुत गतिमा फैलने बताउनुभयो ।
दोस्रो लहरको डेल्टा भाइरसले सिधै फोक्सोमा इन्फेक्सन गरी निमोनिया बनाउने तर ओमिक्रोनले फोक्सो भन्दा पनि माथिल्लो श्वास नलीमा इन्फेक्सन बनाउने हुँदा रुघामर्की लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, जिउ तथा टाउको दुख्ने लक्षण देखिन्छ ।
कोरोना विरुद्धको भ्याक्सिन लगाउने व्यक्तिको तुलनामा नलगाउने व्यक्तिको मृत्यु हुने सम्भावना २० गुणा बढी हुने र खोप लगाएकालाई सिकिस्त बिरामी नपार्ने प्रा.डा. कोइरालाले जानकारी दिनुभयो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


