नील शाक्यको संगीतमा हिन्दि गीत

नील शाक्यको संगीतमा हिन्दि गीत

मेट्रो संवाददाता

४ माघ २०७८ ९:४०

नेपालभाषाका लोकप्रिय संगीतकार नील शाक्यद्वारा संगीतबद्द हिन्दि गीत सार्वजनिक हुने तर्खरमा छ । लोकप्रिय गायिका मनिषा पोखरेलद्वारा स्वरबद्द ” दिल से दिल” बोलको यो गीतको रचनाकार प्रकाशदिप श्रेष्ठ हुन् भने संगीतकार गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आएका नील शाक्य हुन् ।

जिवित जल्मीले संगीत संयोजन गरेको यो गीत ज्योति रेकर्डस मा रेकर्ड गरिएको हो भने यस गीतका रेकर्डिस्ट फिरोज बज्राचार्य हुन् । नेपालभाषाको पहिलो म्युजिक भिडियो ” लुमंका च्वना” लगायत लोकप्रिय गायिका देबिका बन्दनाको ” जिगु वैंशं धाल” लगायतका धेरै गीतहरु सृजना गरी सकेका संगीतकार शाक्यका अनुसार संगीत एक विश्वव्यापी भाषा हो भने संगीतकर्मि हरुले भाषा र देशको सिमालाई जित्नु पर्ने सोच सहित हिन्दि भाषामा गीत रेकर्ड गराएको हो भन्ने देखिन्छ ।

सो हिन्दि गीतको एउटा म्युजिक भिडियो पनि छिट्टै प्रकाशमा लाउने तयारी भइरहेको सो हिन्दि गीतको म्युजिक भिडियोको प्रोमो सोमबार मन्जिल शाक्य युट्युब मार्फत सार्वजनिक गरिएको छ । यो प्रोमो को छायाँकन र सम्पादन पनि मन्जिल शाक्यले नै गरेका हुन् भने प्रोमो मा गायिका मनिषा पोखरेल,संगीतकार नील शाक्य, गीतकार प्रकाशदिप श्रेष्ठहरु सहभागिता देखाएका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता