कुटुम्ब ब्याण्डको नेवाः सांगीतिक कार्यक्रम ‘द लाइट अफ म्यूजिक’ घोषणा

कुटुम्ब ब्याण्डको नेवाः सांगीतिक कार्यक्रम ‘द लाइट अफ म्यूजिक’ घोषणा

मेट्रो संवाददाता

२४ माघ २०७८ १२:२५

ललितपुर महानगरपालिका वडा १६ कलाकार समिति र लोकप्रिय कुटुम्ब ब्याण्डको संयुक्त प्रस्तुति सांगीतिक कार्यक्रम “सःया जः” अर्थात ‘द लाइट अफ म्यूजिक’ घोषणा गरेको छ । नेवाः परम्परागत तथा आधुनिक संगीत तथा यस क्षेत्रमा समर्पित कलाकारहरुका लागि निर्माण गरिएको यो कार्यक्रम नेपाः च्यानलबाट प्रशारण हुनेछ ।

कार्यक्रम बोल्नुहुँदै समितिका संयोजक सुरजवीर बज्राचार्यले विभिन्न पर्वहरुको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना तथा वडाका नव कलाकारहरुको खोजीका लागि आयोजना गरिएको प्रतियोगिता, उक्त प्रतियोगिताका उत्कृष्ट १० लाई प्रशिक्षण लगायतको कार्यहरु गर्दै आएको १६ वडाको कलाकार समिति सांगीतिक क्षेत्रका प्रभावशाली कलाकार ब्यक्तित्वहरु तथा कुुटुम्ब, प्रोजेक्ट बाजा नेपाल, वाद्यशिरोमणी घराना जस्ता समूहसँग सहकार्य गर्न पाएकोमा अति उत्साहित भएको बताउनु भयो ।

कुटुम्बका सल्लाहकार मंगल महर्जनले संसारको विभिन्न कुनामा सांगीतिक प्रस्तुति दिँदै अगाडी बढिरहेको कुटुम्ब सांगीतिक समूहको नामैले भनेझैं स्थानीय संगीत एवं संगीतकर्मीका लागि स्थानीय तहसँग मिलेर काम गर्न पाएकोमा खुशी भएको बताउनु भयो ।

कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडा अध्यक्ष निर्मलरत्न शाक्यले नेपाः च्यानलबाट प्रशारण हुने स्थानीय संगीतप्रति समर्पित “सःया जः” मा वादन तथा गायन गायन समावेश हुने जानकारी दिनुभयो । वडाको दिर्घकालीन योजनाका रुपमा यो कार्यक्रम अगाडी बढाउने भन्नुहुँदै वडाले यो बाहेक नव कलाकार उत्पादनका लागि “कला पाठशाला”को थालनी गर्ने समेत जानकारी दिनुभयो ।

वडा १६ ले इन्द्रजात्राको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै कलाकार समितिको घोषणा गरेको थियो भने यस समितिले वडा स्तरीय गायन तथा वादन प्रतियोगिताको आयोजना गरी कलाकारहरको खोजी गरेको थियो । हाल भने गायन तथा नृत्य विधाका उत्कृष्ट १० प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिइरहेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता