शुभभावले सुसज्जित जन्मदिनको शुभकामना गीत सार्वजनिक (गीत समेत)

शुभभावले सुसज्जित जन्मदिनको शुभकामना गीत सार्वजनिक (गीत समेत)

मेट्रो संवाददाता

१९ वैशाख २०७९ ९:५५

हर्षित छु आज जन्मदिन तिम्रो
इच्छा चाहना सब पूरा होस्
मनभरी उमंग उत्साह बढोस्
हर कोशिसले सफलता चुमोस्
अवरोधहरु सब शक्ति बनोस्
कर्मले परिवर्तन ल्याओस्
हर्षित छु आज जन्मदिन तिम्रो
इच्छा चाहना सब पूरा होस्

रेडियोकर्मी एवं गायक तथा रचनाकार सुरजवीर बज्राचार्य यस्तै शब्दहरुलाई उनेर निर्माण गरेको जन्मदिनको शुभकामना गीत सार्वजनिक भएको छ । काठमाडौं भृकुटीमण्डपस्थित बुद्धविहारमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त गीत सार्वजनिक भएको हो ।


कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालभाषाको लोकप्रिय गीतलाई विस्तार एवं ब्यापकता दिन अन्य भाषाहरुमा पनि गीत निर्माणको कार्यको प्रशंसा गर्नुहुँदै जन्मदिनको गीतको सफलताको लागि शुभकामना ब्यक्त गर्नुभयो ।


सभापति भिक्षु कोण्डन्य महास्थविरले मैत्रीभावले भरिएको यस गीतको लोकार्पण कार्यक्रम आयोजना गर्न पाउँदा खुशी भएको उल्लेख गर्नुहुँदै आफ्नो जन्मदिनमा यस गीतका गायक, रचनाकार सुरजवीरका साथ समूहले प्रस्तुत गरेको नेपालभाषाको जन्मदिनको गीतले भावविभोर बनाएको स्मरण गर्नुहुँदै यही गीतको अन्य भाषामा समेत निर्माण गर्ने कार्यलाई सहयोग गर्न तथा लोकार्पणमा आफू एवं बुद्धविहार अग्रसर भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्य तथा पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले गीतका बारेमा चर्चा गर्नुभएको हो ।


स्वागत मन्तब्यकै क्रममा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यले नेपालभाषामा निर्मित “बुदिंया भिंतुना म्ये (जन्मदिनको शुभकामना गीत) प्रति समाजले दिएको माया र प्रोत्साहन नै यो गीत अन्य भाषामा पनि निर्माण गर्दै जाने कर्मको उर्जा रहेको बताउनु भयो । एउटा गीतले पनि समाजमा राम्रो परिवर्तन ल्याउन सक्ने प्रति यही गीतको नेपालभाषा भर्सजनले अनुभूति गराएकोप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँले लोकप्रियताका लागि भन्दा समाजका लागि गीत निर्माण गर्दा लोकले स्वतः प्रियमा गणता गरेकोले उर्जा थपेको पनि बताउनुभयो ।


बुद्धविहारका प्रमुख भिक्षु कोण्डन्य महास्थविरको सभापतित्वमा भएको उक्त समारोहमा संगीत संयोजक जुगल डंगोल, चेज होम एप्लायन्सेजका सुरेश मल्ल, पेजथ्री पाक्षिकका दर्शनवीर शाक्य, गायक बज्राचार्यका बुबा नामसंगिती गुरु तथा हिरण्यवर्ण महाविहारका आःजु चित्रवीर बज्राचार्य, धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्य, युवक बौद्ध समूह, काठमाडौंका अध्यक्ष मदनबहादुर तुलाधर, बौद्ध महिला संघका उपाध्यक्ष वीना कंसाकारको समेत अतिथिका रुपमा उपस्थिति रहेको हो । कार्यक्रममा धन्यवाद ज्ञापन भने विहारका सदस्य सानुबाबु साय्मिले गर्नुभएको हो ।

यस अघि गायक बज्राचार्यको मातृभाषा नेपालभाषामा सार्वजनिक भएको जन्मदिनको गीतले हाल जन्मदिन मनाउँदा बजाउने, गाउने तथा गीत बजाएर सगुन दिने नव संस्कृतिकै रुपमा समाजमा स्थान प्राप्त गरेको छ । यस गीतलाई अन्य विभिन्न भाषामा निर्माण गर्दै जाने उद्देश्यले यो गीत निर्माण गरिएको हो ।


नेपालभाषामा निर्मित गीतको प्रतियोगिता नै आयोजना भएको थियो जसमा विश्वभरबाट १२१ प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

जहाँ पाइला टेक्छौ फूल फुलोस्
कामना मेरो अँध्यारो हटोस््
कुनै यात्रामा ठेस नलागोस्
रातमा चन्द साथ रहोस्
दुःखको वादल नछाओस् कहिल्यै
आँसु केवल खुशीमा झरोस्
पीडाले थिचिएका जीवनको
सहारा तिमी बन्न सकोस् ।
हर्षित छु आज जन्मदिन तिम्रो
इच्छा चाहना सब पूरा होस्
Song Video Link https://youtu.be/hKfymkak-Yc

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता