मेट्रो संवाददाता
२४ जेठ २०७७ ७:२२
काठमाण्डौं अति प्राचीन शहर भएतापनि यो शहर बसाउनेहरुले शहर बसाउन चाहिने सबै किसिमका आधुनिक मूल्य र मान्यता अङ्गालेको पाइन्छ ।
उदाहरण स्वरुप, शहर बसाउन पर्याप्त पानी हुने स्थान अनि जग बलियो हुने चट्टानी भूमि रोजेको पाइन्छ । खेतीका लागि उपयोगी नहुने र खेतीकार्य गर्न संभव नहुने त्यस्तो ठाउँ रोजेरे उनीहरुले बुद्धिमत्तापूर्वक आफ्ना विवेक प्रयोग गरेको पाइन्छ ।
खेती योग्य हुने मलिलो माटो भएको ठाउँलाई खेतीकार्यका लागि नै छुट्याइएको पाइन्छ । खेतीबाट हुने उत्पादन घट्ने गरी मानिसको बस्ती कहिले पनि बसाइएको थिएन ।यसरी हेर्दा काठमाडौं शहरभित्र भू-उपयोग सिद्धान्तको प्रयोग पूर्णरुपमा भएको पाइन्छ ।
मानव बस्ती अलि हल्का अग्लो ठाउँमा बनाइएको पाइन्छ जहाँ पानीका लागि ढुंगेधारा र ढल निकासको राम्रो व्यवस्था हुन्थ्यो भने बस्तीलाई वाढी पहिरोबाट जोगाउन र पानीको उचित संग्रह गर्न ठाउँठाउँमा पोखरीहरु बनाइएको पाइन्छ । यसरी व्यवस्थापन गर्दा पानीको भूमिगत पुन:भण्डारण हुनाको साथै र पुन:स्थापिकरण पनि हुने हुँदा पानी चाहिएको बेलामा इनार वनाएर प्रयोग गर्ने गरिएको थियो ।
काठमाडौं शहर बसाल्दा बस्तीको बीचबीचमा ठूला चोक, बहाल र ननि जस्ता खुल्ला ठाऊँ राखेर आगलागी , भूकम्प जस्ता आपदविपतमा जम्मा हुन र भोजभतेर, सभा आदि गर्नका लागि प्रयोग गर्न सक्ने गरी बनाइएको पाइन्छ, जसलाई आधुनिक आर्किटेक्टहरु एसेम्बली पोइन्ट भन्छन् ।
बस्तीका घरहरु पनि एकआपसमा जोडिएका हुन्छन् । जसले गर्दा घरहरु एक ढिक्का भई भूकम्पवाट भत्किने जोखिमलाई न्यून हुने गर्दछ । बस्ती आसपास ठूला ठूला चौर (ख्यः) हुने गर्थ्यो । जसले गर्दा स्वस्थ हावाको संचार भई बस्तीभित्रको हावापानी राम्रो हुने गर्दथ्यो ।
तर दुर्भाग्य आधुनिकरणको नाममा ती चौरहरु अहिले नष्ट, ध्वष्ट र उजाडिएका छन् ? सरकारीस्तरबाटै त्यस्ता खुल्ला चौरहरु अतिक्रमित भै मासिदैं जानु कम दु:खको कुरा होइन ।
सरकारले विकासको नाममा रैथाने जनताहरुका कयौं वस्ती विनाश गरिरहेकाछन् । असङ्ख्य परिवारलाई सडक बिस्तारको नाममा उठिवास गरेकाछन् । सरकारले ल्याएको अव्यबहारिक गुठी विधयेकलाई नेवा: समुदायको कडा प्रतिकारपछि फिर्ता लिएको छ ।
कोरोना आक्रान्त भई लकडाउनको परिस्थितिमा पनि सरकारले चलखेल गर्न छोडेको छैन ।अझ काठमाडौंका रैथाने जनतालाई सुकुम्वासी बनाएर अन्य जिल्लाका जनतालाई सुकुम्वासी भनेर काठमाडौंको जग्गा बाँड्ने कुरालाई यहाँका स्थानियवासीले सहने सक्ने प्रश्नै उठ्दैन । यस्तो परिस्थितिको परिणाम रैथाने जनतामा विद्रोहको भावना विकसित हुँदै गएकोछ ।
काठमाडौं शहरमा बसाइँ सरेर आएका धेरै आप्रवासीको मत छ कि प्राचीन अवस्थामा फर्कन संभव छैन । यो प्राचीन शहरलाई आधुनिकरण गर्नु पर्यो र स्मार्टसिटी बनाउनु पर्यो । यसो भन्नुको सीधा अर्थ स्थानियवासी रैथानेहरुको जग्गा जमीन अधिग्रहण गरी नयाँ नयाँ संरचना बनाउँदै जाने देखिन्छ । यसले गर्दा आप्रवासीहरु काठमाडौंमा आकर्षित हुन्छन् र जनसङ्ख्या थपिन्छ । जनसङ्ख्या थपिएपछि अहिले भैरहेका भौतिकसंरचना नपुग हुन्छ । यसरी काठमाडौंलाई आधुनिक शहर बनाउनु पर्छ भन्नु यहाँ शहरी जनसङ्ख्या बढाउने तर्फको संकेत हो भन्नु अतिशयोक्ति हुने छैन ।
रैथाने जनताहरुका जग्गा जमीन अधिग्रहण गर्दै नयाँनयाँ संरचना बस्ती बनाउँदै जाने र शहरीक्षेत्रमा जनसंख्या बढाउँदै जाने यो क्रमको निरन्तरता दिनु भन्नु यहाँका रैथाने जनसमुदायलाई विस्थापित गर्ने भन्ने नै हो । यस्तो विस्थापन भनेको विकास हो कि विनाश ? हामी कतातिर गइराखेका छौं ? पहिला नै विकसित भैसकेको प्राचीन शहर काठमाडौंको उच्च जिवनशैलीलाई भताभुङ् पार्दै कंक्रिटको जङ्गल तिरको उजाड यात्रामा हामी किन गइरहेका छौं ?
प्रमुख समस्या हो जनसङ्ख्या ।
त्यसैले आप्रवासी भीडको ओइरो लाग्ने गरी हुने आधुनिकीकरण एक गर्नु छैन, दुई गर्नु छैन, तीन गर्नु छैन । प्रमुख समस्याको रुपमा रहेको यहाँको जनसंख्या घटाउनु पर्छ र नियन्त्रण गर्नु पर्छ । अहिले कै स्थिति कायम रहने हो भने क्षमता भन्दा कयौं गुणा जनसंख्या यो शहरले धान्न सक्दैन ।
सुविधा सम्पन्न ठाऊँमा अवसरको खोजीमा आउनु स्वभाविक हो भन्ने प्रश्न उठ्न सक्ला । तर मूल बुझ्नु पर्ने कुरा यो छ कि पढेलेखेका विद्वान, व्यापारी, कर्मचारी र नेताहरु सबैलाई काठमाण्डौंमा नै किन बसोवास गर्नु पर्यो ? आ-आफ्नो रैथाने गाऊँठाउँको विकास गर्ने नैतिक जिम्मेवारी उहाँहरुको छ कि छैन ? आ-आफ्नो गाउँठाउँको विकास गर्ने नैतिक जिम्मेवारी पहिले पूरा गरोस् । त्यो जिम्मेवारीवाट पन्छिएर काठमाडौंमा आधुनिकरण गर्नु पर्दैन ।
विकास सन्तुलित हुनुपर्छ ।
सबै गाऊँठाऊँको विकास गरेर अवसरको श्रृजना गर्नुपर्छ । काठमाडौं केन्द्रित विकास अबको समयको माग होइन । काठमाडौंको जनसङ्ख्याको चाप घटाउन सबैले मद्दत गर्नुपर्छ ।
आधुनिकरणको यो परिभाषाले कयौं रैथाने समुदायको उठिवास भएको छ । संस्कृति मासिएका छन् । सांस्कृतिक, ऐतिहासिक सम्पदा र धरोहर मासिएका छन् । अव काठमाडौं प्राचीन अवस्थामा नै फर्किन सम्भव छैन र सक्दैन त्यसैले मासिएका संस्कृति र सम्पदा पुनःस्थापित गर्न पर्दैन भन्ने आशयको विचार यदि कसैको छ भने त्यो मान्य हुन सक्दैन । मासिएका संस्कृति र संम्पदा सबै पुनःस्थापित गरी संरक्षण गर्नुपर्दछ ।
यो त भयो काठमाडौंका सांस्कृतिक र ऐतिहासिक निर्जिव अमूर्त धरोहरका कुरा । भौतिक रुपमा चलाएमान जिवन्त मूर्त संस्कृति भनेको त समुदाय नै हो । जिवन्त समुदायले नै सारा संस्कृति, संस्कार र सम्पदा जिवन्त राख्छ, चलाएमान राख्छ । यति गहन दायित्व बोकेको रैथाने समुदाय नै विस्थापन भएपछि हाम्रा अमूर्त सम्पदा जोगिन्छ कसरी ?
यदि सम्पदा र संस्कृति पुनःस्थापित गर्ने र यसलाई निरन्तरता दिने हो भने विस्थापन त रोक्नु नै पर्छ । अनि विस्थापितलाई अनिवार्य त्यही ठाऊँमा पुनःस्थापित गर्दै जानु पर्छ । त्यसैले समुदायको पुनः स्थापना एकदम महत्वपूर्ण छ । त्यतिबेला मात्रै विरुप भैसकेको मेरो प्यारो काठमाडौं अनि सुन्दर प्यारो काठमाडौंमा परिणत हुन्छ । आहा मेरो प्यारो सुन्दर काठमाडौं ।
लेखक : नेवाः पुचः युएई का संरक्षक एवम विश्व नेवाः संगठनको केन्द्रिय सदस्य हुनु हुन्छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


